यी हुन् सिन्धुली एमालेका उम्मेदवार, सहिदपुत्रदेखि पूर्वमाओवादी समेटिए – Nepal Press

यी हुन् सिन्धुली एमालेका उम्मेदवार, सहिदपुत्रदेखि पूर्वमाओवादी समेटिए

काठमाडौं । नेकपा एमालेले सिन्धु्लीका दुवै क्षेत्रका संघ र प्रदेशका ६ जना उम्मेदवारको टिकट पठाएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा प्रदीप कटुवालले टिकट पाएका छन् ।

उनी यसअघि प्रदेशसभा सदस्य थिए । प्रतिनिधिसभामा दाबी गरेका केन्द्रीय सदस्य तथा सहिद ऋषि देवकोटा आजाद पुत्र सुवास देवकोटाले प्रदेशसभामा टिकट पाएका छन् । सोही क्षेत्रको अर्को प्रदेशमा रामकुमार कार्कीले टिकट पाएका छन् ।

क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्य मनोजजंग थापाले टिकट पाएका छन् । उनी नेकपा एकता भंग भएपछि माओवादी छाडेर एमालेमै बसेका नेता हुन् । त्यस्तै प्रदेशसभातर्फ विनोद खड्का र रामकुमार पौडेलले टिकट पाएका छन् ।

खड्का यसअघि पनि प्रदेशसभा सदस्य थिए भने पौडेल केही दिनअघि माओवादीको केन्द्रीय सदस्य पद त्यागेर एमालेमा प्रवेश गरेका थिए । एमालेले सिन्धुलीका ६ वटा उम्मेदवारमध्ये दुईजना पूर्वमाओवादीलाई अघि सारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर