अछाममा भीम रावलले टिकट पाएनन्, कैलाली-२ मा झपट रावलले पाए – Nepal Press

अछाममा भीम रावलले टिकट पाएनन्, कैलाली-२ मा झपट रावलले पाए

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल यो पटक टिकट पाउनबाट बञ्चित भएका छन् । १० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका रावलले अछाम-१ मा एमालेबाट प्रतिनिधिसभातर्फको टिकट नपाएका हुन् ।

उनको ठाउँमा झपट बोहरा अब प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । बोहरा नेकपाको एकता बदर भएपछी नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका हुन् ।

एमालेका निर्णयअनुसार अछाम–१ मा प्रतिनिधिसभामा बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएका छन् ।

यस्तै अछाम–२ प्रतिनिधि सभातर्फ यज्ञ बोगटी तथा प्रदेश सभा भिम विष्ट र शिव उपाध्यायले टिकट पाएका छन् ।

अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेपनि उनलाई पार्टीले टिकट दिएन । नेकपाको एकता बदर हुँदाताका माधव प्रचण्ड समूहमा रहेका रावल एमाले विभाजन भएपछि भने एमालेमै बसेका थिए ।

१० भाईले परिचित रावल लगायतका नेताहरु एमाले विभाजन भएर बनेको नेकपा एसमा गएका थिएनन् । एमालेमै फर्किएका १० मध्ये रावल, धनश्याम भुसाल र भीम आचार्यले १० औं महाधिवेशनमा अध्यक्ष ओलीको निर्णयविपरित उम्मेदवारी दिएका थिए ।

रावलसँगै १० बुँदे मार्फत एमालेमा रहेकामध्ये सुदूरपश्चिममा प्रतिनिधिसभाकाे टिकट कैलाली २ मा झपट रावलले नै पाएका छन् । त्यस्तै नेकपा एसबाट फर्किएका तारा लामा तामाङले कञ्चनपुर २ मा टिकट पाएका छन् ।

१० मार्फत बसेका केही प्रदेशमा टिकट पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर