टिकट नपाउने बुझेपछि स्वतन्त्र उम्मेदवार बन्ने एमाले नेतृ गंगा थारुको घोषणा – Nepal Press

टिकट नपाउने बुझेपछि स्वतन्त्र उम्मेदवार बन्ने एमाले नेतृ गंगा थारुको घोषणा

काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी हुन् ।

सो क्षेत्रबाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

चौधरीले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहनेछु । जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शीरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ ।’

पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद भएकी थिइन् ।


प्रतिक्रिया

One thought on “टिकट नपाउने बुझेपछि स्वतन्त्र उम्मेदवार बन्ने एमाले नेतृ गंगा थारुको घोषणा

  1. पार्टिको सच्चा कार्यकर्ताको ताल यस्तो कदापि हुन् सक्छ, चुनाव एउटै बर्खाले पुग्छ ? फेरि फेरि हुन्न ? सचेत र सजग बनाैँ । बिरोधीको जग हँसाउने भूमिपुत्री कमरेड, मुर्दावाद ।

Leave a Reply to Laleek Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर