सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित, एमालेसँगको तालमेल अन्तिम चरणमा – Nepal Press

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित, एमालेसँगको तालमेल अन्तिम चरणमा

कैलाली । सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ ।

आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सीट बाँडफाँटलाई टुङ्गो लगाउन बैठक जारी छ । तर, जसपाका नेताहरु भने नआएको एक सहभागीले बताए ।

‘म त्यहाँ गएकाे छैन । साथीहरु पनि जानुभएको छैन’, जसपाका एक नेताले नेपाल प्रेससँग बताए ।

जसपा सत्ता गठबन्धनमा असन्तुष्ट छ । गठबन्धनमा २४ क्षेत्र दाबी गरेकोमा १६ भन्दा बढी नदिने देखिएपछि जसपा अहिले एमालेसँग छलफलमा छ ।

गएराति एमाले नेता रघुवीर महासेठको निवासमा एमाले र जसपाबीच चुनावी तालमेलको विषयमा भएको छलफल निष्कर्ष नजिक पुगेको ती नेताले बताए ।

संघमा २० र प्रदेशमा ४४ क्षेत्रको वरिपरिमा सहमति हुन सक्ने ती नेताको भनाइ छ । उनका अनुसार आजै दुई दलबीच तालमेल टुंगिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर