सल्यानको कपुरकोटमा पहिरोले ३ घर पुरियो – Nepal Press

सल्यानको कपुरकोटमा पहिरोले ३ घर पुरियो

रूपन्देही । सल्यानको कपुरकोटमा पहिरोले ३ घर पुरिएका छन् ।कपुरकोट गाउँपालिका-५ सल्लाममा तीन घर पहिरोले पुरेको स्थानीयले बताएका छन् ।

कपुरकोटका पत्रकार सञ्तोष घर्तीले देबकली बुढासहित चार परिवारको घर पहिरोले पुरेको जानकारी दिए ।इलाका प्रहरी कार्यालय कपुरकोटबाट प्रहरी घटनास्थल पुगेको छ । घटनाको पूरै विवरण आउन बाँकी रहेको छ ।

विहान अन्दाजी आठ बजेको समयमा घरमातिथबाट आएको पहिरोमा परेर तीन घर पुरिएका छन् भने १२ चौपायाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवम प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार केशर सिंह रानाको कच्ची घर र गोठ पुरिएको छ भने उनका चार वाख्रा मरेका छन् ।

यस्तै, वीर बहादुर रानाको कच्ची घर पुरिएको छ ।विजयी सिंह बुढाको कच्चि घर गोठ, एउटा भैंसि, दुइ गोरु, दुइ खसी तीन वाख्रा पहिरोमा परेर पुरिएका छन् । हालसम्म मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *