दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः बाबुराम भट्टराई – Nepal Press

दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले दलबदल र कित्ता परिवर्तनले राजनीतिलाई फगत व्यापारमा झारेको बताएका छन् ।

एमालेसँग तालमेल गर्ने तयारीमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

सामाजिक संजालमार्फत उनले चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद भएको बताए ।

उनले लेखेका छन्,‘चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद छ।एक थान चुनावी सिटकालागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो१ यो अवसरवादको अ‍ॅध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं ।’


प्रतिक्रिया

One thought on “दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः बाबुराम भट्टराई

  1. सबैभन्दा ठूलो राजनीतिक व्यापारी त तिमी हौ । आफैंले खत्तम भनेको माओवादीसँग फेरि मिल्न आयौ । नयाँ शक्ति, जसपा, सपा हुँदै फेरि माओवादी । त्यसबाट पनि आफ्नो दुनो सोझिएन भने फेरि जनयुद्व भन्न बेर लाउदैनौ । जे गरेर भए पनि तिमीले सेवा गर्ने भनेको दक्षिणकै हो । त्यसमा चाहिँ अडिग देखियौ । अरूलाई ओैला नठड्याउ आफैलाई हेर पहिला । अहिले नेपालको राजनीतिका कुपात्र भनेका बाबुराम, रविन्द्र मिश्र, माधव र प्रचण्ड हुन् ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर