जसपा र एमालेको तालमेलको ड्राफ्टमा फाइनल टच दिन बाँकी, हस्ताक्षर गर्ने गरी फेरि शीर्ष नेता बस्ने – Nepal Press

जसपा र एमालेको तालमेलको ड्राफ्टमा फाइनल टच दिन बाँकी, हस्ताक्षर गर्ने गरी फेरि शीर्ष नेता बस्ने

कैलाली । गएराति एमाले नेता रघुवीर महासेठको निवासमा एमाले र जसपाको चुनावी तालमेलको विषयमा भएको छलफल निष्कर्ष नजिक पुगेको छ ।

करिब २२ क्षेत्रमा एमालेले जसपालाई सघाउने भएको छ । केही क्षेत्रमा भने दोहोरो दाबी भएका कारण सहमतिमा हस्ताक्षर हुन सकेन ।

अब फेरि दुबै दलका शीर्ष नेता बसेर सहमतिमा हस्ताक्षर गर्ने तयारी भइरहेको एमालेले नेता प्रदिप ज्ञावलीले जानकारी दिए ।

‘हामी सहमति नजिक छौँ । केही क्षेत्रमा दोहोरो दाबी छ।, उनले भने, ‘फेरि नेताहरू बसेर त्यसको हल गर्नुहुन्छ ।’
उनका अनुसार आजै दुबै दलबीच तालमेल टुंगिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर