रघुवीर महासेठको निवासमा एमाले र जसपाको सहमतिको ड्राफ्ट बन्दै, केही बेरमा हस्ताक्षर हुने – Nepal Press

रघुवीर महासेठको निवासमा एमाले र जसपाको सहमतिको ड्राफ्ट बन्दै, केही बेरमा हस्ताक्षर हुने

काठमाडौं । सिट बाँडफाँटमा सत्ता गठबन्धनका दलसँग असन्तुष्ट रहेको जनता समाजवादी पार्टीले अन्ततः एमालेसँग चुनावी तालमेल गर्ने भएको छ ।

एमाले नेता रघुवीर महासेठकाे काठमाडौंस्थित निवासमा जसपाको तर्फबाट उपेन्द्र यादवसहितका नेताहरू र एमालेको शीर्ष नेताहरूबीच चुनावी तालमेलको सहमति भएको छ ।

धनुषा २, बारा २, ३ बाँके २ र रुपन्देही ४ लगायतको केही क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने गरि सहमतिको मस्यौदा तयार भएको एक नेताले बताए । जसपाले २५ क्षेत्र माग गरेको थियो । तर, केही क्षेत्रमा दोहोरो दाबी भएपछि जसपाले दाबी घटाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर