एमालेसँगको तालमेलमा जसपाले कुन जिल्लामा कति सीट पाउँछ ? – Nepal Press

एमालेसँगको तालमेलमा जसपाले कुन जिल्लामा कति सीट पाउँछ ?

काठमाडौं । सत्ता गठबन्धनको विहानदेखि चलिरहेको बैठकमा जसपाका दोस्रो तहका नेता सहभागी हुँदा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितको वार्तामा थिए । जसपाले सत्ता गठबन्धनमा मागेजति सीट नपाए एमालेसँग तालमेल गर्ने तयारी गरेको छ र लगभग सहमति नजिक छ ।

यद्यपी, जसपाले सत्ता गठबन्धनमा २० सीट पाए उसले गठबन्धनमै रहन चाहेको छ । त्यसो गर्दा कांग्रेसको भागमा ८० सीटमात्र पर्नेछ ।

गठबन्धन तोडेर एमालेसँग जान लागेको जसपाले मधेसमा आधासहित २४ देखि २५ सीट पाउने भएको छ । वार्तामा सहभागी एक नेताका अनुसार प्रदेश नम्बर १ बाट जसपाले बढीमा ३ सीट प्रतिनिधिसभामा पाउनेछ भने प्रदेशसभामा पनि सोही संख्या दाबी गरेको छ ।

मोरङ र सुनसरीमा जसपाले एक-एक सीट प्रतिनिधिसभामा पाउनेछ । जसपाले पहाडी जिल्लामा पनि एक सीट मागेको छ तर मत कम भएकाले प्रदेशमा मिलाउने तयारी छ ।

मधेस प्रदेश अन्तर्गत जसपाले सप्तरीमा २,सिरहामा २,धनुषामा १,महोत्तरीमा ३,सर्लाहीमा २,रौतहटमा २,बारामा २ र पर्सामा २ सीट पाउने सम्भावना छ ।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ७ मा राजेन्द्र श्रेष्ठका लागि जसपाले सीट मागेको छ । लुम्बिनीमा पश्चिम नवलपरासी,रुपन्देही,बाँके र कपिलवस्तुमा एकएक सीट जसपाले पाउने सम्भावना छ ।

जसपाका एक नेताका अनुसार आज राति अबेरसम्म वा शुक्रबार विहानसम्म एमाले र जसपाबीच लिखित सहमति हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर