बारा बस दुर्घटनाप्रति एमालेद्वारा शोक व्यक्त, सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण – Nepal Press

बारा बस दुर्घटनाप्रति एमालेद्वारा शोक व्यक्त, सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेले बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित अमलेखगञ्ज सडक खण्डमा भएकाे दुर्घटना मृत्यु भएकाहरुप्रति समवेदना व्यक्त गरेको छ ।

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शोक वक्तव्य जारी गर्दै दुर्घटनामा १६ जनाको मृत्यु भएकोप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

घाइतेहरुको शीघ्र स्वाथ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था गर्न पनि एमालेले माग गरेको छ । ‘यस दु:खद् घडीमा मृतकहरुप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै हाम्रो पार्टी घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ कामनाका साथै उचित उपचारको व्यवस्था गर्न माग गर्दछ’, वक्तव्यमा भनिएको छ ।

दुर्घटना न्यूनिकरणमा विशेष ध्यान दिन नसक्दा ठूलो मानवीय क्षति भएको भन्दै सडकलाई सुरक्षित बनाउन पनि एमालेले सरकारसमक्ष माग गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर