बालुवाटार छाडेर उपेन्द्र लागे बालकोटतिर, आजै होला त एमालेसँग सहमति ? – Nepal Press

बालुवाटार छाडेर उपेन्द्र लागे बालकोटतिर, आजै होला त एमालेसँग सहमति ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेका बेला गठबन्धनको एक मुख्य घटक जसपा अध्यक्ष उपेन्द्र यादव भने बालकोट पुगेका छन् ।

अपराह्नदेखि एमाले र जसपाबीच चलेको वार्ता सहमति उन्मुख भएको बालकोट स्रोतले जनाएको छ । यसअघि नै जसपालाई २५ सीट दिएर चुनावी तालमेल गर्ने अनौपचारिक सहमति भइसकेको थियो ।

सोही अनौपचारिक सहमतिलाई औपचारिकता दिन दुई पक्षबीच छलफल भएको बताइएको छ । ‘बालुवाटारमा गठबन्धनले उपेन्द्रलाई कुरिरहेको होला । तर, कुरेको कुरेयै हुने अवस्था छ’, स्रोतले भन्यो ।

यो पनि पढ्नुहाेस् : दसैँभित्रै सरप्राइज हुने उपेन्द्रको ब्रिफिङ, एमालेसँग २५ सीट लिएर गठबन्धन भत्काउने !

गठबन्धनमा जसपालाई १६ सीटभन्दा बढी नदिएपछि यादव एमालेसँग संवादमा थिए । आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको स्रोतको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर