बारा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, प्राकृतिक प्रकोपको घटनामा उद्धारका लागि तयार रहन कार्यकर्तालाई निर्देशन – Nepal Press

बारा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, प्राकृतिक प्रकोपको घटनामा उद्धारका लागि तयार रहन कार्यकर्तालाई निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाराको जितपुर-सिमरा सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा ठूलो संख्यामा भएको धनजनको क्षतिले आफू स्तब्ध बनेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले दुर्घटनाका मृतकहरुमा श्रद्धाञ्जली व्यक्त एवम् शोकसन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरेका छन् ।

त्यस्तै, उनले दुर्घटनामा घाइते भएकाहरुप्रपति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न सम्बन्धित निकायसँग अनुरोध गरेका छन् ।

प्रचण्डले देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको र केही दिन निरन्तर वर्षा हुने मौसम विभागले सतर्कता सूचना जारी गरेको स्मरण गराउँदै आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेका छन् ।

उनले आफ्नो सम्पूर्ण पार्टी पंक्तिलाई प्राकृतिक प्रकोपका घटनामा राहत, उद्धार तथा अन्य सबै किसिमको सहयोगका लागि तत्पर रहन समेत निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *