नेताहरूले लड्न नसकेको भन्दै शेखर-गगन समूहमा असन्तुष्टि, तत्कालै दुवै नेतासँग छलफल गर्ने – Nepal Press

नेताहरूले लड्न नसकेको भन्दै शेखर-गगन समूहमा असन्तुष्टि, तत्कालै दुवै नेतासँग छलफल गर्ने

काठमाडौं । पार्टीभित्र टिकट वितरणमा संस्थापन पक्षले गरेको एकलौटी विरुद्ध लड्न नसकेको भन्दै डा. शेखर कोइराला र महामन्त्री गगन थापाको भूमिकाप्रति उनकै समूहका नेताहरूले असन्तुष्टि जनाएका छन् ।

बिहीबार अनुपम फुडल्याण्डमा भएको शेखर गगन पक्षधर दोस्रो तहका नेताहरूको भेलामा आफ्नो पक्षका नेता र पदाधिकारीहरूले समान अवसर र न्यायका लागि लड्न नसकेको समीक्षा भएको छ ।

भेलामा सहभागी नेता मनोजमणि आचार्यले समानुपातिकको बन्दसूची सच्याइएको भनिए पनि त्यसमा नेताका मान्छे र नेताका क्षेत्र सुरक्षित गर्न मात्र तलमाथि पारिएको बताए । उनले आफ्नो पक्षलाई ४० प्रतिशत मागिएकोमा त्यति नपाएको र निर्वाचित हुने संख्या अत्यन्त कम हुने बताए ।

आचार्यले भने–समानुपातिकमा पनि सन्तोष गर्ने ठाउँ रहेन । हाम्रा नेताहरू पनि लड्न सकेनन् वा आफ्नो क्षेत्रका बढीभन्दा बढी पार्नतिर लाग्दा कार्यकर्तामाथि अन्याय भयो । अब प्रत्यक्षमा झनै कत्लेआम हुने अवस्था छ । हाम्रो पक्षकाले टिकट पाउने ठाउँ अरू पार्टीलाई दिइएको छ ।

आचार्यका अनुसार आज वा भोलिसम्म शेखर र गगनसहितका नेताहरूसँग बसेर अबको कदमबारे छलफल हुनेछ । तर अब केही नेता डराए पनि कांग्रेसमा देशव्यापी विद्रोह नरोकिने र त्यसको नेतृत्व जसले गर्छ उही कांग्रेसको अर्को पक्षको नेता बन्ने भूपेन्द्र जङ्ग शाहीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर