थाइल्यान्डमा गोली चल्दा ३४ जनाको मृत्यु – Nepal Press

थाइल्यान्डमा गोली चल्दा ३४ जनाको मृत्यु

काठमाडौं ।  थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीबार भएको गोलीकाण्डमा २२ बालबालिकासहित ३४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

बन्दुकधारी एक पूर्वपुलिस अधिकारी रहेको र उनको खोजी भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।  प्रधानमन्त्रीले सबै निकायलाई कारबाही गर्न र दोषीलाई पक्राउ गर्न सचेत गराएको सरकारी प्रवक्ताले बताए ।

थाइल्यान्डमा सामूहिक गोलीबारीका घटना यदाकदा हुने गरेका छन् । सन् २०२० मा एक क्रुद्ध सिपाहीले गोली चलाउँदा कम्तिमा २९ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर