बारा बस दुर्घटना : मृतकको संख्या १६ पुग्यो, ९ जनाको सनाखत (अपडेट) – Nepal Press

बारा बस दुर्घटना : मृतकको संख्या १६ पुग्यो, ९ जनाको सनाखत (अपडेट)

हेटौँडा । पूर्व पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २२ तीन नम्बर पुल नजिक यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । मृतकमध्ये ९ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक एवम प्रवक्ता बलराम श्रेष्ठले नेपाल प्रेसलाई दिएको जानकारीअनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये उपचारको क्रममा १२ जना हेटौँडा अस्पतालमा, २ जना चुरेहिल अस्पताल, एक जनाको मकवानपुर सहकारी अस्पताल तथा एक जनाको चितवनमा ज्यान गएको हो । घाइतेहरु २० जनामध्ये आधा दर्जन बढीको अवस्था चिन्ताजनक रहेको छ । हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको वागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मृत्यु हुनेमा बारा कलैया १० का ३५ वर्षीय बाज्रीना खातुन पर्सा वीरगञ्जका ६५ वर्षीय सोमप्रसाद चौरासीया, ३५ वर्षीया मुन्नीदेवी चौरासीया, मकवानपुर हेटौँडा ७ की ५५ वर्षीया शभलक्ष्मी श्रेष्ठ र २० वर्षीया स्वस्तिका श्रेष्ठ, कलैयाकै २२ वर्षीय इन्ताक अन्सारी, बारा अमलेखगञ्जका २८ वर्षीय सुरेश विक, ४५ वषर््ािय लालबहादुर बोगटी तथा गोर्खाकी अम्बिका कंडेल रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर