सन्दीपकाे पर्खाइमा विमानस्थलमा तैनाथ प्रहरी – Nepal Press

सन्दीपकाे पर्खाइमा विमानस्थलमा तैनाथ प्रहरी

काठमाडौं । नाबालिक बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १० बजे नेपाल आइपुग्ने भएपछि प्रहरीको टोली विमानस्थलमा पुगेको छ ।

कतार एअरवेजको जहाजबाट नेपाल आउने बताइएपछि प्रहरीको टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुरेर बसेका छन् ।

विमानस्थलको ट्रमिनलमा प्रहरीको गाडी तैनाथ अवस्थामा राखिएको छ । उनलाई कसरी लैजाने भनेर प्रहरीहरु तयारी अवस्थामा बसेका छन् । लामिछानेले नै आफू १० बजेर नेपाल आइपुग्ने बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर