विमानस्थलबाटै सन्दीप पक्राउ, हत्कडी लगाएर हिरासत लगियाे (भिडिओ) – Nepal Press

विमानस्थलबाटै सन्दीप पक्राउ, हत्कडी लगाएर हिरासत लगियाे (भिडिओ)

काठमाडौं । नाबालिक बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।

कतार एअरवेजको जहाजबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै सन्दीपलाई प्रहरीले पक्राउ गरेकाे हाे । उनले प्रहरीसामु आत्मसमर्पण गर्ने बताएका थिए । उनलाई प्रहरीले विमानस्थलबाट हतकडीसहित प्रकाउ गरेको छ । उनकाे हातमा  प्रहरीले हतकडी लगाएर   विमानस्थलबाट बाहिर निकालेकाे थियाे ।  हतकडी  रुमालले छाेपेकाे थियाे भने मुखमा माक्स लगाएकाे थियाे ।

विमानस्थल ट्रमिनलमा प्रहरीको गाडी तैनाथ अवस्थामा राखिएको थियाे।  ठूलो संख्यामा प्रहरी खटाइएको छ । उनलाई सिधै गौशाला प्रहरी वृतमा लगिएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर