जापानी विद्यालयमाथिको ५ वर्षे प्रतिबन्ध अदालतद्वारा खारेज – Nepal Press

जापानी विद्यालयमाथिको ५ वर्षे प्रतिबन्ध अदालतद्वारा खारेज

जापान । जापानको क्युस्यु क्षेत्रमा पर्ने फुकुओकामा रहेको निशी निहोन जापानी विद्यालयमाथि अध्यागमनले लगाएको प्रतिबन्ध अदालतले खारेज गरेको छ ।

एक भियतनामी विद्यार्थीलाई बन्धक बनाइ मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको भन्दै अध्यागमन विभागले उक्त विद्यालयलाई नया भर्ना गर्न प्रतिबन्ध लगाएको थियो । अध्यागमनले लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग गर्दै विद्यालयले अदालतमा दायर गरेको मुद्दामा अदालतले प्रतिबन्ध लगाउने निर्णय खारेज गरेको हो ।

फुकुओका जिल्ला अदालतका न्यायाधीश हायासी फुमीले नयाँ विद्यार्थी भर्नामा ५ वर्ष प्रतिबन्ध लगाउने अध्यागमन विभागको निर्णय कानून सम्बत नभएको भन्दै खारेज गरेको जापानको राष्ट्रिय दैनिक पत्रिका योमीउरीले आफ्नो अनलाइन सस्करणमा प्रकाशन गरेको छ ।

विद्यार्थीलाई बन्धक बनाउनु विद्यालयका कर्मचारीको व्यक्तिगत मामला भएको देखियो’ न्यायाधीश हायासी फुमीको फैसलामा भनिएको छ,‘कर्मचारीको व्यक्तिगत मामलामा विद्यालय माथिनै प्रतिबन्ध लगाउनु मनासिब हुन सक्दैन ।’

मानव अधिकार उल्लघन गरेको भन्ने कुनै आधार र प्रमाणहरु नभएको भन्दै अदालतले अध्यागमनको निर्णय पछि विद्यालयलाई पर्न गएको आर्थिक क्षति परिपूर्ति गराउन पनि अदालतले आदेश दिएको छ ।

भियतनामी विद्यार्थीलाई बन्धक बनाएको भन्दै अध्यागमन विभागले गत ७ तारिख विद्यार्थीलाई नया विद्यार्थी भर्ना गर्न ५ वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर