यू–१७ एसियन कप छनोट : नेपाल थाइल्यान्डसँग पराजित – Nepal Press

यू–१७ एसियन कप छनोट : नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधवार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३—० ले पराजित भएको छ ।

भियतनाममा जारी प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई जित दिलाउन तोतावानले दुई र थानाक्रितले एक गोल गरे ।

३०औँ मिनेटमा तोतावानको गोलमा थाइल्यान्डले अग्रता लियो । ६५औँ मिनेटमा तातावानको व्यक्तिगत दोस्रो गोल गर्दा २(० को अग्रता बनायो । ७८औँ मिनेटमा थानाक्रितले थाइल्यान्डका लागि तेस्रो गोल गरे ।

समूह ‘एफ’मा रहेको नेपालले शुक्रवार दोस्रो खेलमा घरेलु टोली भियतनाम र अन्तिम खेलमा आइतबार चाइनिज ताइपेईको सामना गर्नेछ ।

छनोटमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट ६ उपविजेता एसिया कप २०२३ का लागि छनोट हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *