राष्ट्रपतिको हातबाट टीका लगाउन ओली दम्पत्ती शीतल निवासमा – Nepal Press

राष्ट्रपतिको हातबाट टीका लगाउन ओली दम्पत्ती शीतल निवासमा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्ती दसैँको टीका थप्न शीतल निवास पुगेका छन् ।

गृह जिल्ला झापामा बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा ९१ वर्षीय पिता मोहनप्रसाद ओली र बढीआमा (ठुलीआमा) हरीमाया ओलीको हातबाट ग्रहण गरेका ओली राष्ट्रपतिको हातबाट टीका थप्न शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २ बजेदेखि विशिष्ट व्यक्तिहरू र ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइरहेकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर