कांग्रेसको बन्दसूची : शीर्ष नेताका पत्नी र भान्जीदेखि भारतीय गृहमन्त्रीका पिएसम्म (सूचीसहित) – Nepal Press

कांग्रेसको बन्दसूची : शीर्ष नेताका पत्नी र भान्जीदेखि भारतीय गृहमन्त्रीका पिएसम्म (सूचीसहित)

काठमाडौं । शेखर–गगन समूहको चेतावनीपछि हेरफेर गरिएको भनिएको कांग्रेसका समानुपातिक उम्मेदवारको बन्दसूचीमा सभापति शेरबहादुर देउवानिकट प्रभावशाली नेताहरूलाई निर्वाचित हुने सुनिश्चित गरिएको छ ।

प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई खस आर्य महिला कोटाको तेस्रो नम्बरमा राखिएको छ । त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाणको नाम छैटौँ राखिएको छ । उनीहरू दुवै सांसद निर्वाचित हुने सुनिश्चितजस्तै छ ।

त्यस्तै अर्का प्रभावशाली नेता विमलेन्द्र निधी मधेसी पुरुषतर्फ पहिलो नम्बरमा परेका छन् भने उनकी भान्जी निनु कर्ण मधेसी महिला कोटाको चौथो नम्बरमा परेकी छन् ।

निनु महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्छिन् । उनी निधीकी आफ्नै भान्जी हुन् । कर्ण पनि मधेसी महिलाबाट सांसद निर्वाचित हुने निश्चित छ । हालसालै लोसपाबाट कांग्रेस प्रवेश गरेकी चन्दा चौधरी पनि समानुपातिकको ३ नम्बरमा परेकी छन् ।

खसआर्य पुरुष कोटाको पहिलो नम्बरमा प्रवक्ता प्रकाशशरण महत परेका छन् भने मुस्लिमबाट सह महामन्त्री फुर्मल्लाह मन्सुर पहिलो नम्बरमा छन् भने दलितबाट सह महामन्त्री जीवन परियार पहिलो नम्बरमा छन् । शेखर गगन समूहका पहिलो नम्बरमा पर्ने परियार मात्र हुन् ।

आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा गोपालमान श्रेष्ठ परेका छन् भने भारतीय गृहमन्त्री तथा बिजेपीका पूर्व अध्यक्ष अमित शाहका स्वकीय सचिव रहिसकेका सन्दीप राना आदिवासी जनजातिको तेस्रो नम्बरमा परेका छन् ।

राना पछिल्लो समय पाल्पामा कांग्रेस राजनीतिमा सक्रिय थिए । कांग्रेसका शीर्षस्थ नेताहरूसँग भारतीय संस्थापन पक्षका नेताहरूको भेटघाट तथा सम्बन्ध विस्तारको चाँजोपाँजो रानाले मिलाउने गर्छन् ।

हेर्नुहाेस् सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर