प्रचण्डको निधार खाली, छोरी बुहारी र नातिनालाई लगाइदिए टीका – Nepal Press

प्रचण्डको निधार खाली, छोरी बुहारी र नातिनालाई लगाइदिए टीका

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइएका दिए ।

खुमलटारस्थित प्रचण्ड निवासमा टीकाटालोको फोटो छोरी गंगा दाहालले सार्वजनिक गर्दा प्रचण्डको निधारमा भने टीका छैन ।

त्यस्तै बिरामी भएका कारण सीता दाहाल पनि देखिएकी छैनन् ।

शान्ति प्रक्रियामा आएको केही वर्षपछि प्रचण्ड परिवारमा दशैं मनाउने गरिएको हो ।

प्रचण्डका पिता मुक्तिराम दाहालले शान्ति प्रक्रियापछि छोरासँगै दशैं मनाएका थिए । उनको निधन भइसकेको छ ।


प्रतिक्रिया

One thought on “प्रचण्डको निधार खाली, छोरी बुहारी र नातिनालाई लगाइदिए टीका

Leave a Reply to Jit Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर