ओलीको दसैँ दमकमा, बुबाको हातबाट टीका ग्रहण गर्दै – Nepal Press

ओलीको दसैँ दमकमा, बुबाको हातबाट टीका ग्रहण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेर दसैँ  मनाइरहेका छन । झापाको भद्रपुर नगरपालिका पृथ्वीनगरमा बुबा मोहनप्रसाद ओलीको हातबाट अध्यक्ष ओलीले साइतको टीका ग्रहण गर्ने कार्यक्रम छ ।

तीन दिनअघि घर गएका ओलीले दमकस्थित निवासमा  बिहान ११ बजेर ५१ मिनेटको शुभसाइको टीका बुबाको हातबाट ग्रहण गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

विगत झैं यसवर्ष पनि  उनी गृह जिल्ला झापा पुगेका छन् । उनको साथमा पत्नी राधिका पनि छन् ।

५१ सालदेखि बर्सेनि महानवमीको दिन पारेर ओलीले झापामा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएका छन् ।

मंगलबार सिटी साइ पार्टी प्यालेस विर्तामोडमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको थियो । ओली आजै काठमाडौं फर्कने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर