पशुबलि दिएर गरियो जङ्गी निशान र कोत पूजा (वसन्तपुरका तस्बिरहरू) – Nepal Press

पशुबलि दिएर गरियो जङ्गी निशान र कोत पूजा (वसन्तपुरका तस्बिरहरू)

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ।
आज दुर्गा भवानीको पूजा आराधना गर्नका साथै दसैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलि दिइन्छ ।

आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिइन्छ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ।

महानवमीका दिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी ब्यारेक तथा गुल्ममा बाजागाजासहित कोत र जङ्गी निशानपूजा पनि गरिन्छ। पशुबलि नदिनेले आज परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र नरिबल बलि दिन्छन् । बर्सेनि महानवमीका दिन हनुमानढोकामा राज्यको तर्फबाट बोका र राँगाको बलि दिइने गरिएको छ ।

महानवमीमा दशैंघर र कोतहरुमा कोतपूजा र निशाना पूजा पनि गरिन्छ । हनुमानढोका दरबारका साथै महानवमीका दिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी ब्यारेक तथा गुल्ममा बाजागाजासहित कोत र जङ्गी निशानपूजा पनि गरिन्छ।

मंगलबार बिहान नै हनुमानढोकामा बोका र राँगाको बलि दिइएको छ । ३ वटा बोका र १ वटा राँगो बलि दिइएको हो ।

विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलि सहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवीस्तोत्र पाठ गरिन्छ।

पशुबलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार, महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ।

  


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *