गठबन्धनको निर्णायक बैठक बस्दै, आजै सहमतिमा हस्ताक्षर गर्ने तयारी – Nepal Press

गठबन्धनको निर्णायक बैठक बस्दै, आजै सहमतिमा हस्ताक्षर गर्ने तयारी

कैलाली । सिट बाँडफाँडमा निरन्तर छलफलमा रहेको सत्ता गठबन्धनका दलहरूबीच आज निर्णायक बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्नेछ ।

आजको बैठकबाट अन्तिम टुङ्गो लगाउने तयारी दलहरूको छ ।हिजो अन्तिम समय सम्म सहमति नभएपछि आज सहमति गर्ने गरि हिजोको बैठक सकिएको थियो । आज हस्ताक्षर नै गर्ने गरि हिजोको बैठक सकिएको एक नेताले बताए ।

गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि आजै सहमति गरि हस्ताक्षर हुन सक्ने बताइन् ।
‘आज सहमति हुन सक्छ । आज हस्ताक्षर गर्ने गरि सहमति गर्ने कुरा भएको छ’ उनले नेपाल प्रेसलाई भनिन्, ‘अब सहमतिको अन्तिम चरणमा छौँ ।’

केही स्थानमा अझै पनि दुई पक्षीय र त्रिपक्षीय दाबी रहेको छ । त्यस्ता क्षेत्रमा जुन जुन पार्टीको दाबी छ त्यो दलको शीर्ष नेताले टुङ्गाउने कुरा भएको गठबन्धनका नेताहरू बताउँछन् ।

सिट बाँडफाँडमा अहिले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी केही रुष्ट छन् । हिजो अबेर सम्म कांग्रेस र जसपा छलफलमा बसिरहेका थिए । अहिले सम्म नेपाली कांग्रेसले ८५ माओवादी केन्द्रले ४४ नेकपा एकीकृत समाजवादीको १५, ,जसपाको १३ र जनमोर्चाले २ क्षेत्र पाउनेमा छलफल भइरहेको छ ।

‘यो क्षेत्र केही हेरफेर हुन सक्छ तर, यहि सेरोफेरोमा सहमति हुन्छ’ गठबन्धनका एक नेताले भने, ‘समय थोरै छ । आजै सहमति गर्ने बिषयमा छलफल भइरहेको छ ।’


प्रतिक्रिया

4 thoughts on “गठबन्धनको निर्णायक बैठक बस्दै, आजै सहमतिमा हस्ताक्षर गर्ने तयारी

  1. यो गठबन्धन बनेदेखि अहिलेसम्म ५०० भन्दा बढी पटक बैठक बसिसकेछ । प्रचण्ड, माधवहरूको त काम छैन यसो बैठक भनेर बालुवाटार धायो,राज्यकोषबाट पाकेको मिष्ठान्न खायो बेलुका घर आयो । मेडिया घेर्न आईहाल्छन, विभिन्न पदमा नियुक्ति दिलाएर कमाईएकै छ राम्रै भैराखेको छ । तर देशको वागडोर नै जिम्माा लिएका देउवालाई पनि कति फुर्सद हो ! हुन त कामै नगरि करिव डेढ वर्ष वितायर देशको महत्वपूर्ण समय बर्बाद पारे । देशको ढुकुटी रित्तयाए । विचौलिया, दलाल , भ्रष्टाचारीहरूको नेता बने , विदेशीको अगाडि लाजमर्दो व्यवहार देखाए । नेपाली जनताहरू !अब पनि यहि गठबन्धनलाई भोट दिएर आउने ५ वर्ष देशलाई अन्धकारमा डुवाउने ? काम गर्ने, देशको स्वाभिमानलाई उचो राख्ने, देशको कायापलट गर्ने ओलिलाई बहुमत दिउँ । विवेक पुर्याउँ । जुनसुकै पार्टीका भए पनि यसपटक एमालेलाई बहुमत दिलाओै र देशको मुहार फेरौ । गठबन्धनको दुष्चक्रबाट देशलाई मुक्त गरौ ।विदेशीलाई पनि देखाईदिउँ कि नेपाली जनता चाहिँ महान छन् केवल नेता मात्र विकाउ हुन् भनेर ।

  2. गठबन्धन भन्ने शब्दनै गनाउने होला है,अतिभो। फास्ट ट्र्याक को छिनोफानो गर्न , नया रोजगारी सिर्जना गर्न, चिनको नाकाबन्दी हटाउन , भारत बाट मिचिएको भुमी फिर्ता ल्याउन , कृषि लाई आधुनिक र आत्मनिर्भर बनाउन, वैदेशिक लगानी वृद्धि गर्न, सार्बजनिक यातायात सुधार गर्न , परनिर्भरता न्यूनीकरण गर्न, जनताको जिबनस्तर वृद्धि गर्न अनि शिक्षा स्वास्थ र सामाजिक सुरक्षामा जनतालाई राज्य छ भनेर देखाउन कहिल्यै कतै गठबन्धन र यो सरकारले एक मिनेट छलफल र बैठक गरेको सुन्नुभएको छ। देश र जनता लुटन मात्रै हो त यी सब तमासा ! लौ देश र जनता त भाडमा जाओस रे आफ्नो जागिरको लागि त केही गर !

  3. Let’s all patriotic Nepali living in home and abroad unit to end the Dhan/Don and (nepotism) of dirty politics from Nepal.
    Save Nepal from the evil, puppet, incompetent and corrupt regime’s of Nepal.
    Enough is Enough!👍🤞✌️✊🙏🇳🇵

Leave a Reply to गोबिन्द Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर