भित्रीकोट दाैड : दाइ प्रथम, भाइ दोश्रो – Nepal Press

भित्रीकोट दाैड : दाइ प्रथम, भाइ दोश्रो

रूपन्देही । वडादशै महाअष्टमी पर्बको अवसरमा आयोजित ‘भित्रिकोट दौड’ प्रतियोगितामा प्युठान नगरपालिका-७ का गोबिन्द बहादुर घर्ती क्षेत्री विजेता बनेका छन्।

पुण्यखोलास्थित नेपाली सेनाको ब्यारेकदेखि पर्यटकीयस्थल भित्रीकोटसम्मको ८ किलोमिटरको दुरी ५० मिनेटमा पार गर्दै गोविन्द विजेता बनेका हुन्।

यस्तै, उनकै भाइ तिलक घर्तिक्षेत्रीले ५२ मिनेटमा दौड पुरागरी दोस्रो भए भने प्यूठान नगरपालिका ९ का तेज बहादुर पुन तेस्रो भएका थिए । तिलकले ५३ मिनेटमा दौड पूरा गरेका थिए ।

१७ जना प्रतियोगी सहभागी डौड प्रतियोगिताको प्युठान नगरपालिका ४,६ र ७ वडा र भित्रीकोट- बखडी मेला ब्यबस्थापन समितिले आयोजना गरेको हो।

प्रतियोगिताका बिजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कार पाउने प्यूठान नगरपालिका ७ का वडा अध्यक्ष नेत्रबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार उक्त पुरस्कार कोजागत पूर्णिमाको दिन बखडी मेलामा बितरण गरिने भएको छ ।

गन्तव्यमा पुगेका १५ सहभागी प्रतियोगीलाई समेत ३ हजार रुपैयाँको दरले पुरस्कार दिने वडाअध्यक्ष केसीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर