आगामी निर्वाचनका लागि रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना – Nepal Press

आगामी निर्वाचनका लागि रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

रुपन्देही ।मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाशीश कृष्णराम कोइरालाले भैरहवाको बालमन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका पाँच वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।

असोज १५ गतेदेखि २० गते भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्वाचन कार्यातालिका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको उनले बताए ।

प्रतिनिध सभा क्षेत्र नं. २ को कार्यालय बुटवल उपमहानगरको पुरानो कार्यालयमा स्थापना गरिएको छ । यस्तै क्षेत्र नं. ३ को बालमन्दिर भैरहवा, १ को देवदह सित्तलनगर नगरपालिका, ४ को कोटहीमाई गाउँपालिका कार्यालय, ५ को गैडहवा गाउँपालिकाकामा कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

असोज २१ गते राजनीतिक दलका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने र २३ गते मनोनयन दर्ताको तयारी सुरु भएको निर्वाचन अधिकृत उद्धविर नेपालीले जानकारी दिए । निर्वाचन आचारसंहिता यहि असोज १२ गतेदेखि लागू भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर