निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस्: पूर्वअध्यक्ष रेग्मी – Nepal Press

निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस्: पूर्वअध्यक्ष रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना गरेका छन् ।

वडादसैँको अवसरमा दिएको सन्देशमा पूर्वअध्यक्ष रेग्मीले निर्वाचनले राजनितिक दल र जनतालाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले नवदुर्गा भवानीबाट त्यसका लागि सबैलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका हुन् ।

पूर्वप्रधानन्यायाधीश रेग्मीले भनेका छन्, ‘निर्वाचन भनेको मतदाताको हात माथि हुनु हो । मतदान गरे पछि पछुताउनुको कुनै अर्थ हुँदैन । अवको निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि हो ।’ उनले बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको विजयादशमीका अवसरमा सवै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर