तनहुँका कांग्रेस नेता पूर्णबहादुर गुरुङ एमालेमा प्रवेश – Nepal Press

तनहुँका कांग्रेस नेता पूर्णबहादुर गुरुङ एमालेमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा तनहुँका महासमिति सदस्य पूर्णबहादुर गुरुङ नेकपा एमालेमा प्रवेश गरेका छन् । तरुण दलको नेतासमेत रहिसकेका गुरुङ पछिल्लो समय गोविन्दराज जोशी समूह नजिक थिए ।

उनी सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् ।

सो अवसरमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, तनहुँका निवर्तमा जिल्ला अध्यक्ष केदार सिग्देललगायतका नेता सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर