मधेसका शक्तिपीठमा खाेइछ भर्नेकाे भीड (तस्बिर/ भिडि‌ओ) – Nepal Press

मधेसका शक्तिपीठमा खाेइछ भर्नेकाे भीड (तस्बिर/ भिडि‌ओ)

जनकपुरधाम । बडा दशैंको आज आठौं दिन अर्थात् महाअष्टमी । आज मधेसका शक्तिपीठहरुमा महिलाहरुले श्रद्धापूर्वक दुर्गा माताको ‘खोइछ’भर्दैछन् । जनकपुरस्थित प्रसिद्ध राजदेवी मन्दिरमा माताको ‘खोइछ’भर्न महिलाहरुको ठूलो भीड छन् ।

पति र सन्तान रक्षाका लागि महिलाहरुले माता दुर्गाको ‘खोइछ’ भर्ने गर्छन् । माताको मन्दिर परिसरमा चुन्दरी ओच्छयाएर त्यसमाथि पान, सुपारी, सिन्दुर, चुरा, फलफूल र अन्य पुजा सामग्री राखेर महिलाहरु विशेष पूजा गर्छन् ।

त्यसपछि पति र सन्तानको दिर्घायूको कामना गर्दै चुन्दरीमा सबै सामग्री बांधेर माताको खुट्टामा चढाइन्छ । यो विधिलाई ‘खोइछ भराइ’ भनिन्छ ।

राजदेवी मन्दिरमा सप्तमीदेखि नै खोइछ भराई जारी छ । अहिलेसम्म सयौं महिलाले खोइछ भरेकी छन् । अहिले खोइछ भर्न पनि सयौं महिला लाइन बसेकी छन् । मन्दिरमा ठाउँ कम रहेकाले समस्या भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *