लोसपासँग एमालेको चुनावी तालमेल नहुने, तैपनि महन्थ ठाकुर बालकोटमा – Nepal Press

लोसपासँग एमालेको चुनावी तालमेल नहुने, तैपनि महन्थ ठाकुर बालकोटमा

काठमाडौं । नेकपा एमालेसँग चुनावी तालमेल गर्न चाहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले हैसियतभन्दा धेरै सीट दाबी गरेपछि एमाले चुनावी सहकार्यबाट पन्छिएको छ ।

एमालेले लोसपासँग वार्ता गर्न उपाध्यक्ष विष्णु पौडेललाई खटाएको थियो । एमालेले महन्थ ठाकुरलाई महोत्तरी ३, शरदसिंह भण्डारीलाई महोत्तरी २, राजेन्द्र महतोलाई सर्लाही २ र सर्वेन्द्रनाथ शुक्ललाई रुपन्देही ४ मा समर्थन जनाउने भनेको थियो ।

बढीमा पाँच छ सीटसम्म दिन सकिने एमालेको प्रस्ताव थियो भने जसपाले १२ सीट दाबी गरेपछि तालमेलको च्याप्टर क्लोज भएको एमाले स्रोतले जनाएको छ । स्थानीय तहको मतको समेत आधार हेर्दा लोसपा महोत्तरी ३ र रुपन्देही ४ मा मात्र पहिलो नम्बरमा छ ।

लोसपाका अधिकांश प्रभावशाली नेता र सांसद एमालेमा प्रवेश गरिसकेका छन् । केही नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् । लोसपाको जनमत कमजोर बनिसकेको कारण एमालेले सकेसम्म धेरै क्षेत्रमा आफ्नै उम्मेदवार खडा गर्ने र आवश्यक परेका ठाउँमामात्र स्थानीय मत हेरेर तालमेल गर्ने नीति लिएको छ ।

यसैबीच एमाले चुनावी तालमेलका लागि अनिच्छुक देखिएपछि लोसपा अध्यक्ष महन्थ ठाकुर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर