झापा जाँदै गरेको कार त्रिशूलीमा बेपत्ता – Nepal Press

झापा जाँदै गरेको कार त्रिशूलीमा बेपत्ता

काठमाडौं । नारायणगढ-मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा त्रिशूली नदीमा कार खसेको छ ।

पोखराबाट झापाका लागि छुटेको बा. १० च ५४४५ नम्बरको कार सोमबार बिहान सवा ७ बजेतिर त्रिशूली खसेर बेपत्ता भएको हो । कारमा रहेका दुईजना भने सकुशल रहेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारमा एक दम्पती सवार थिए । उनीहरू सामान्य घाइते छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर