दसैँमा को सुरक्षित रहला ? – Nepal Press

दसैँमा को सुरक्षित रहला ?

एउटै खानाको स्वादभन्दा फरक-फरक खानाको स्वाद लिनेको जमात बढ्दै गएको छ । जुन घर होटेल रेष्टुरेण्ट तथा क्याफेमा नयाँ स्वादका परिकार बनाइन्छ त्यहाँ स्वाद लिने पारखीको भीड लाग्ने गर्दछ । प्रत्येक भान्छामा दिनदिनै विषादी भित्रिरहेको छ । हामीले खाने हरेक खानेकुरा विषादीयुक्त छन् । बजारमा यत्रतत्र देखिने फलफूल, माछा, मासु तथा दूधजन्य खाद्यपदार्थहरूमा प्राकृतिक तत्व मिसाइएको हुन्छ । यस्ता मिसावट भएका खानेकुराहरू उपभोग गर्दा शरिरमा क्षणिक असर त छँदैछ । स्वास्थ्यमा दिर्घकालीन असरहरू पनि देखिन्छ ।

खान नपाएर होइन खान नजानेर हाम्रो शरीरमा विभिन्न किसिमका रोगहरूलाई हामी आफैँले स्वागत गरिरहेका छौं । खाद्य सामाग्रीलाई हेरेर त्यसमा प्रयोग भएको विषादी तथा अखाद्य पदार्थहरू भन्न गाह्रो हुन्छ । कतिपय केमिकल खाद्य प्रयोगशालाले पनि छुट्याउन सक्दैन । किसानहरूले प्रयोग गरेको विषादी एक त कडा खालको उत्पादनमा छिट्टै वृद्धिका लागि प्रयोग गरिरहेका हुन्छन् । जसको प्रयोग विनाअध्ययन, तालिम तथा सुरक्षाका उपकरणविना प्रयोग गर्दा किसानहरू आफैंले ती खाद्य पदार्थहरू उपभोग नगरेपनि औषधि चलाउँदा स्वयम् उनीहरूलाई हानी भएको जानकारी नै पाउँदैनन् ।

खाना उत्पादन, भण्डारण, वितरण तथा ढुवानीका प्रत्यक भागहरूमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा विभिन्न किसिमका औषधीहरूको प्रयोग गर्नु भनेकै मानिसका शरीरमा विषादी उत्पादन हुनु हो । कुनै विषादीले आजको भोलि नै खराब गर्दैन केही घरेलु उपाय भने अपनाउन सकिन्छ । जस्तो गर्मीमा बिहान किनेको दूध बेलुकी फाट्छ । त्यो दूध फाटेन भने त्यसमा केही मिलाएको छ भन्ने बुझे हुन्छ । किन फाट्यो भनेर हामी मतलब नै गर्दैनौं तर त्यसमा सोडा प्रयोग गरिएको हुन्छ । दैनिक सोडा प्रयोग गरिएको खाद्य पदार्थबाट मानिसको शरीरमा विभिन्न किसिमका रोगहरू देखा पर्दछन् । सोडा प्रयोग गरेर वितरण गरिएको दूधलाई हामी कुनै शुद्धीकरणका उपायहरू अपनाएर दूधलाई शुद्ध पार्नु सक्दैनौं । यो त मन्द विष हो । कुनैले तत्काल असर गर्ला कुनैले ढिलो । त्यसकारण यस्को छिटो देखिने असरहरू झाडापखला, हैजा, वाकवाकी तथा पेट दुख्नु आदी । त्यसैगरी दिर्घकालीन असरहरू क्यान्सर, मुटुरोग, स्मरण शक्ति कम हुने जस्ता रोगहरू लाग्न सक्दछ । वयस्क व्यक्तिलाई सहज तरिकाले बाँच्न दिनै पिच्छे २००० क्यालोरी चाहिन्छ । जुन क्यालोरी आपूर्ति गर्न मानिसले बिहान, दिउँसो र बेलुका भोजन गर्नै पर्दछ । हामीले खाएको खाना स्वच्छ, पोषिलो र तागतिलो भएमा मात्र त्यो खाद्य परिकारबाट हामीले २००० क्यालोरी प्राप्त गर्न सक्छौँ अन्यथा न्युन गुणस्तरले शरीरलाई हानी मात्र पुर्‍याउन । भान्छामा प्रत्येक दिन हामीले पकाउने खानामा विषाक्त खानेकुराका कारण अनेक थरीका रोगह हामी आफैँले हाम्रो किचेनमा भित्राइरहेका छौँ । त्यसकारले बजारमा चाडबाडको समयमा अन्न, पानी, माछा मासु तथा तरकारीहरूको अनुगमन नगर्दा सर्वसाधारण विषाक्त खाना खान विवष छन् ।

दसैँमा स्वस्थ्य मासु कसरी छान्ने ?

मासु हल्का गुलावी रंगको हुन नहुने ।

मासु हरियो तथा प्याजी रंगको नभएको ।

मासुबाट अमिलो गन्ध नआएको । (मन नपर्ने गन्ध, आँखाले हेर्दा नबिग्रिएको)

चालू फ्रिजमा अलग-अलग गरी छोपेर सफा भाडामा राखेको छ भने

फितलो अनुगमन नियमावली अभाव जनस्वास्थ्य जोखिममा

मासु काट्दा र समाउदा तन्केको जस्तो नभएको ।

मासु किन्ने पसलको सरसफाई हेरेर ।

काट्ने मानिसको हुलिया वा सरसफाइ देखेर ।

मासु काट्ने स्थान हेरेर ।

हतियार, अचानोको सफाइ ।

काट्न मानिसले लगाएको पोषाक, काटेको तरिका र तराजुको सफाइ भए-नभएको हेर्नुपर्ने ।

फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखेको मासु नखाने ।

खुल्ला स्थानमा बेच्न राखेको मासु नखाने ।

काँचो मासु र पाकेको मासुको एकै ठाउँमा भण्डारण गरेको देखमा नखाने ।

जनावरको गुणस्तर ।

माथिका कुराहरूमा ध्यान दिन सकेमा हामीले उपभोग गरेको मासुबाट हामी प्रशस्त मात्रामा प्रोटिन प्राप्त गर्न सकिन्छ । मासुका परिकारहरू अन्य तरकारीजन्य परिकारहरू समेत मिश्रित रूपमा भोजन गरेमा फाइदा मानिन्छ ।

विषादीयुक्त खानाबाट कसरी बच्ने ?

जुन खाद्यवस्तुको सिजन छ त्यो उपभोग गर्ने ।

सिजनका अर्गानिक खानेकुरा प्रशस्त खाने ।

तरकारीको छनौटमा फुस्रालाई प्राथमिकता दिने ।

तरकारी तथा फलफुल खरिद गर्दा किरा लागेको छनौट

गर्ने । बांगोटिंगो परेका तरकारी तथा फलफुल खादा राम्रो हुन्छ। तरकारीलाई नुन तथा चुकमा राखेर सफा गर्ने ।

जुन खानाले मानिसको जिवन बचाउँछ त्यही खानाले मृत्युको मुखसम्म पुर्‍याउन सक्छ त्यसैले खाद्य सुरक्षासम्बन्धी ज्ञान लिन आफ्ना परिवार तथा आफन्तजनमा पनि ज्ञान बाँड्ने ।

(चालिसे कर्पोरेट सेफ हुन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर