सुनसान बन्दै काठमाडौं, सडकमा सवारी चाप घट्यो (तस्बिरहरू) – Nepal Press
दसैँ-२०७९

सुनसान बन्दै काठमाडौं, सडकमा सवारी चाप घट्यो (तस्बिरहरू)

काठमाडौं । दसैँ लागेसँगै काठमाडौं उपत्यका सुनसान बन्न थालेको छ । सवारी चापले सधैँ कोलाहलपूर्ण हुने सडक-गल्लीहरूले आजबाट राहतको सास फेरेका छन् । सहरको वायू र ध्वनी प्रदूषणमा कमी आएको छ ।

कोरोनाका कारण विगतका दुई दसैँ खल्लो बनेको थियो । धेरैले आफ्नै घरपरिवारमा मात्रै दसैँ मनाएका थिए । यसपाली भने कोरोना धेरै हदसम्म मत्थर भएकोले मानिसहरू उल्लासपूर्वक दसैँ मनाउने मुडमा छन् । काठमाडौंबाट ठूलै जनसंख्या दसैँ मनाउन मोफसलतर्फ लागेको छ ।

काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि हिजो फूलपातीसम्म झण्डै १७ लाखले उपत्यका छाडेको राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर बताउँछन् ।

उपत्यकाबाट बाहिरिनेहरूले सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायात नै प्रयोग गरिरहेको उनले बताए । अझै दुई लाखले उपत्यका छाड्ने अनुमान व्यवसायीको छ । योक्रम नवमी (भोलि) सम्म चल्नेछ । जहाज, निजी सवारीमा जानेको हिसाब यसमा जोडिएको छैन ।

सडकमात्रै नभएर सधेँ व्यस्त देखिने न्यूरोड, असन, बानेश्वरलगायतका बजारमा पनि ग्राहकको चहलपहल कम छ । अत्यावश्यबाहेकका धेरै पसल तथा व्यवसायहरू बन्द रहेका छन् ।

विजयादशमीको भोलिपल्टदेखि भने मानिसहरू काठमाडौं भित्रिने क्रम सुरू हुनेछ । पूर्णिमापछि सडकको चाप फेरि पूर्ववत भइसक्छ ।

तस्बिरमा हेर्नुस् सुनसान काठमाडौं-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *