दसैं घरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा सेनाको हर्ष बढाइँ (तस्बिरहरू) – Nepal Press

दसैं घरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा सेनाको हर्ष बढाइँ (तस्बिरहरू)

काठमाडौं । आज नवरात्रको सातौँ दिन, फूलपाती । शुभ साइतको प्रतीक मानिने फूलपाती शास्त्रीय विधिअनुसार घरघरमा भित्र्याइएको छ ।

काठमाडौंको दशैं घरमा गोरखाबाट पठाइएको फूलपाती भित्र्याइएको छ ।

दसैँ घरमा फूलपाती भित्र्याइएपछि राजधानीको टुँडिखेलमा नेपाली सेनाले हर्ष बढाइँ गर्ने गर्दछ ।

टुँडिखेलमा सेनाको हर्ष बढाइँ अवलोकनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।

फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरू समावेश गरिएको हुन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर