केयू मार्बल्सले उचाल्यो केयू कप-२०२२ को उपाधि – Nepal Press

केयू मार्बल्सले उचाल्यो केयू कप-२०२२ को उपाधि

काठमाडौं । केयुकप २०२२ को उपाधि ‘केयू मार्बल्स’ ले हात पारेको छ ।

सेप्टेम्बर २५ मा भएको फाइनल खेलमा प्रतिस्पर्धी मनास्लु कलेजलाई २-० गोलले पराजित गर्दै केयु मार्बल्सले जित हासिल गरेको हो ।

विजया दशमीको अवसर पारेर काठमाडौं विश्वविद्यालयकै विद्यार्थीहरूको अग्रसरतामा अन्तर कलेज स्तरीय फुटबल प्रतियोगिता केयू कप २०२२ सम्पन्न भएको हो ।

गत सेप्टेम्बर १६ देखी २५ गते सम्म चलेको उक्त प्रतियोगितामा विभिन्न १२ वटा कलेजले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा जित हासिल गर्ने केयू मार्बल्सले उपाधिसँगै १ लाख ५० हजार नगद पुरस्कार समेत हात पारेको छ ।

उपविजेता मनास्लु कलेजले ७५ हजार रुपैयाँ हात पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *