दसैँमा पनि बैंकका काउन्टर खुल्ने, यी शाखाले दिनेछन् सेवा (विवरणसहित) – Nepal Press

दसैँमा पनि बैंकका काउन्टर खुल्ने, यी शाखाले दिनेछन् सेवा (विवरणसहित)

काठमाडौं । दसैँका लागि आइतबार फूलपातीबाट सुरक्षा निकाय, अस्पतालबाहेक सबै सरकारी कार्यालय बन्द भएका छन् । केही निजी कार्यालयले भने सेवा प्रवाह गरिरहेका छन् । यस्तो अवस्थामा ग्राहकको सुविधालाई ध्यान दिँदै बैंकहरूले दसैँ बिदामा पनि काउन्टर खुला राख्ने भएका छन् । अधिकांश बैंकहरूले बिहान ११ देखि २ बजेसम्म सेवा दिने भनेर जानकारी गराएका छन् ।

कुन बैंकका कुन शाखा खुला रहन्छन् ?

एनआईसी एसिया

उपत्यकाभित्र

भक्तपुर, कमलादी, न्यूरोड, थानकोट पुलचोक १६, १७, १८,२०, र २१ गते (११ देखि २ बजेसम्म)

उपत्यकाबाहिर

धनगढी, सुर्खेत, नारायणगढ, बुटवल, नेपालगञ्ज, पोखरा, विरगञ्ज, जनकपुर, विराटनगर, विर्तामोड १६, १७, १८,२०, र २१ गते (११ देखि २ बजेसम्म) खुला रहनेछन् ।

प्राइम बैंक

कमलपोखरी असोज १६ गते, न्यूरोड असोज १७ गते बागबजार असोज १८ गते, न्यूप्लाजा शाखा २१ गते (११ देखि २ बजेसम्म)

विराटनगर, इटहरी, न्यूरोड पोखरा, महेन्द्रनगर असोज १६ गते, अतरिया असोज १७ गते, नारायणगढ, पृथ्वीचोक पोखरा र धनगढी असोज १८ गते बिराटनगर, इटहरी, धनगढी असोज २१ गते (११ देखि २ बजेसम्म) खुला रहनेछन् ।

सिद्धार्थ बैंक

हात्तीसारः असोज १६, १७,२० र २१ (११ देखि २ बजेसम्म),कुमारीपाटी र सूर्यविनायक असोज १६ (११ देखि २ बजेसम्म, न्यूरोडः असोज १६,१७,२० र २१ (२ देखि ५ बजेसम्म), तीनकुने : असोज १६ (२ देखि ५ बजेसम्म)

उपत्यकाबाहिर

विर्तामोड, दमक, धरान, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, घोराही असोज १६ गते ११ बजेदेखि २ बजेसम्म, विराटनगर र पोखरा असोज १६,१७, १८, २१ गते ११ बजेदेखि २ बजेसम्म, जनकपुर असोज १६, १७, २१(११ देखि २ बजे, इटहरी असोज १७ (११ देखि २ बजे धनगढी १७ र २१ गते महेन्द्रनगर १७ र २० गते टिकापुर १८ गते(११ देखि २ बजे) खुला रहनेछन ।

प्रभु बैंक

उपत्यकाभित्र

बबरमहल, कमलादी असोज १६,१७, १८,२०, २१ गते (११ बजेदेखि २ बजेसम्म), ललितपूर १६ र १७ गते (११ बजेदेखि २ बजेसम्म) खुला रहनेछ । उपत्यका बाहिर इटहरी, जनकपुर, पोखरा असोज १६, १७, १८, २० र २१ गते विराटनगर, वीरगञ्ज असोज १६, १७, १८ गते, धनगढी असोज १६, १८, २१ गते बिर्तामोड, भैरहवा असोज १७ गते (११ बजेदेखि २ बजेसम्म)

सेञ्चुरी बैंक

पुतलीसडक, न्यूरोड, हात्तीगौडा, मानभवन, गाबाहल, भक्तपुर असोज १६ (१०:३० बजेदेखि १:३०बजेसम्म), पुतलीसडक, सामाखुसी, सातदोबाटो, सुकुलढोका असोज १७ (१०:३० बजेदेखि १:३० बजेसम्म)

उपत्यकाबाहिर

विर्तामोड, इटहरी, वीरगञ्ज, धुलिखेल, नारायणगढ, पदमपुर, हेटौडा, पोखरा, बुटवल, धनगढी असोज १६ (१०:३० बजेदेखि १:३०बजेसम्म), विराटनगर, जनकपुर, धार्के, नारायणगढ, तालचोक पोखरा, भैरहवा, सुर्खेत, टिकापुर असोज १७ (१०:३० बजेदेखि १:३०बजेसम्म)

एनएमबी बैंक

कान्तिपथ काठमाडौं असोज १६, १७, १८, २०, २१ र २२ गते (११ बजेदेखि २ बजेसम्म) खुला रहनेछ ।

उपत्यका बाहिर बिराटनगर, नारायणगढ, महेन्द्रनगर असोज १६, १७, १८, २०, २१ र २२ गते (१० बजेदेखि १ बजेसम्म) विर्तामोड असोज १६ र १८ गते (१० बजेदेखि १ बजेसम्म) , वीरगञ्ज असोज १८ (११ बजेदेखि २ बजेसम्म) जनकपुर असोज १८, २१ (११ बजेदेखि २ बजेसम्म) चिप्लेढुंगा करकांदो असोज १६, १७, १८, २१ (१० बजेदेखि १ बजेसम्म)

एभरेष्ट बैंक

नयाँ बानेश्वर, लाजिम्पिाट, पुल्चोक असोज १७ गते (१० बजेदेखि २ बजेसम्म)

स्ट्याण्डर्ड चार्टड बैंक

नयाँ बानेश्वर असोज १६ गते, बौद्ध असोज १७ गते (१० बजेदेखि १ बजेसम्म)

उपत्यकाबाहिर

बुटवल, नेपालगंज असोज १६, विराटनगर, विरगञ्ज, नारायणगढ, पोखरा असोज १७ गते, धरान असोज १८ गते (१० बजेदेखि १ बजेसम्म) खुला रहने बैंकले जनाएको छ ।

नबिल बैंक

असोज १६, १७, १८, २०, २१ गते ललितपुर (१० बजेदेखि १ बजेसम्म), तीनधारा (१ बजेदेखि ४ बजेसम्म) कुमारीपाटी असोज १६ (१० बजेदेखि १ बजेसम्म) बिजुली बजार असोज १७ र २० गते घन्टाघर असोज १९ गते २ बजेदेखि ४ बजेसम्म, महाराजगंज असोज १७ र २१ गते (१० बजेदेखि १ बजेसम्म) खिचापोखरी असोज २१ गते (१० बजेदेखि १ बजेसम्म) न्यूरोड असोज १६ गते (१० बजेदेखि १ बजेसम्म) खुला हुनेछन् भने उपत्यका बाहिर विराटनगर, विरगंज, तातोपानी, पोखरा, बुटवल, धनगढी असोज १६, १७, १८, २०, २१ गते ललितपुर (१० बजेदेखि १ बजेसम्म),

इटहरी असोज १६ र २१ गते, इटहरी पश्चिम लाइन असोज २० गते, धरान असोज १६ गते, जनकपुर असोज १६ र १७ गते, टाँडी असोज १६ गते, हेटौंडा असोज १६ र १८ गते, अम्लेखगंज असोज १६, २०, २१ गते, भलवारी असोज १७ गते, नेपालगंज असोज १६ र २१ गतृ, भैरहवा असोज १६ गते, बुटवल असोज २१ गते असोज १६, १७, १८, २०, २१ गते ललितपुर (१० बजेदेखि १ बजेसम्म) खुल्नेछ ।

हिमालयन बैंक

ठमेल पाटन, महाराजगंज, भक्तपुर असोज १६ गते, ठमेल, न्यूरोड, भक्तपुर असोज १७ गते, ठमेल असोज २० गते, ठमेल पाटन असोज २१ गते (१० बजेदेखि १ बजेसम्म)

पोखरा, भरतपुर, हेटौडा, भैरहवा, बुटवल, नेपालगंज, धनगढी असोज १६ गते, वीरगञ्ज असोज १७ र २० गते, पोखरा, विरगंज, विराटनगर, भैरहवा, नेपालगंज, मणीग्राम असोज २१ गते (१० बजेदेखि १ बजेसम्म) खुला हुनेछ ।

लक्ष्मी बैंक

हात्तीसार असोज १६, १७, १८ र २० गते, पुल्चोक असोज १६ र १८ गते (१० बजेदेखि १ बजेसम्म)

धरान, हिले, दमक, विर्तामोड, इटहरी विराटनगर असोज १६ गते, धरान, हिले, दमक, विर्तामोड, पकली, इलाम असोज १७ गते, तिनपैनी, इनरुवा बेलबारी असोज १८ गते, विरगंज असोज १६ र १७ गते, जनकपुर, लहान असोज १८ गते, पोखरा न्यूरोड र औधागिक क्षेत्र असोज १६ गते, न्यूरोड पोखरा र रजहर असोज १७ गते, अमरसिंह पोखरा असोज २१ गते,

बुटवलको भुमरी, गोरुसिंगे, तुलसीपुर, कोहलपुर असोज १६ गते, तौलीहावा, भैरहवा, घोराही असोज १७ गते, जिमीरेभार, समपुर, माणिग्राम, लमही, नेपालगंज असोज १८ गते, नेपालगंज, पकडी असोज २१ गते, धनगढी असोज १७ गते (१० बजेदेखि १ बजेसम्म)

सिटिजन्स बैंक

दरबारमार्ग, न्यूरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भौसेपार्टी असोज १६, १७, १८, २०, २१ गते (११ बजेदेखि २ बजेसम्म) खुला रहनेछन ।

वीरगञ्ज विराटनगर, पोखरा न्यूरोड, नरायणगढ, राजवीराज, गाइघाट असोज १६, १७, १८, २०, २१ गते (११ बजेदेखि २ बजेसम्म) खुला रहनेछ ।

सानिमा बैंक

नक्साल, कलंकी, कुमारीपाटी, गोंगबु, चुच्चेपाटी, नयाँ बानेश्वर, सूर्यविनायक असोज १६ गते, नक्साल, एकान्तकुना, गठ्ठाघर, गौशाला, पुलतीसडक, महाराजगंज, न्यूरोड असोज १७ गते, नक्साल, कमलबिनायक, कान्तिपथ, जोरपाटी, बलम्बु, नयाँबजार, सातदोबाटो असोज १८ गते, नक्साल, कोटेश्वर, कुपन्डोल, टेकु, ठिमी, नेपालटार असोज २०, नक्साल असोज २१ (११ बजेदेखि २ बजेसम्म)

इटहरी, इनरुवा, खाँदबारी, गाईघाट, ताप्लेजुङ्ग, दमक, बिराटनगर, विर्तामोड, हेटौंडा, कावासोती, न्यूरोड पोखरा, घोराही, नेपालगंज, बुटवल, सुर्खेत, धनगढी, महेन्द्रनगर, टिकापुर असोज १६ गते, इटहरी, कञ्चनवारी, बेलबारी चन्द्रपुर, जनकपुर, बर्दिबास, वीरगंज, लहान, धादिङ, नारायणगढ, वनेपा, बगर पोखरा, कोहलपुर, तलसीपुर, सिद्धार्थनगर असोज १७ गते, इनरुवा, गाइघाट, दमक, धरान, विराटनगर, दमक, विर्तामोड, हरिवन, राजविराज, पाँचखाल, भण्डारा, गोरखा, दमौली, धनगढी, महेन्द्रनगर टिकापुर असोज १८ इनरुवा, खाँदबारी, ताप्लजुङ्ग, बिराटनगर असोज २० गते, इटहरी, कञ्चनबारी, दमक, जितपुर असोज २१ (११ बजेदेखि २ बजेसम्म)

एनसीसी बैंक

बागबजार, कुमारीपाटी, न्युरोड, ठिमी, १७ गते चावहिल, कुपण्डोल, सुर्यबिनायक, १८ गते बागबजार, टेकु, ग्वार्को र ,२० गते बागबजार, कुमारीपाटी, न्युरोड, ठिमी २१ गते बागबजार, चावहिल, कुपण्डोल मा बिहान ११ देखि २ बजेसम्म खुला रहनेछ ।

१६ गते इटहरी, सिमरा, धार्के, पोखरा, बुटवल विरेन्द्रनगर, धनगढी शाखा खुला रहनेछन् । १७ गते बाहिर हरिवन, लाहान, नारायाणगढ, पोखरा, नेपालगंज र महेन्द्रनगर शाखा खुला रहनेछ । १८ गते विराटनगर, जनकपुर, हेटौडा, पोखरा लुम्बिनी, बिरेन्द्रनगर, महेन्द्रनगरका शाखा खुल्नेछन् । २० गते उपत्यका बाहिर दमक, मलंग्वा, लाहान, अमरसिंह चोक, बुटवलमा खुल्नेछ भने २१ गते उपत्यका बाहिरका विराटचोक, कलैया, गैडाचोक, अमरसिंह चोक, सिद्धार्थनगर, विरेन्द्रनगर र क्याम्पस चोक खुला रहनेछन् ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आइएमइले दसैँको टिकाको दिन (१९ गते) पनि कान्तिपथ शाखा खोलेर सेवा दिने भएको छ । यसले पनि ११ बजेदेखि २ बजेसम्म सेवा दिनेछ । १६ देखि २१ गतेसम्म विभिन्न शाखाहरूमार्फत सेवा दिनेछ ।

माछापुछ्रे बैंक

फूलपातीदेखि २१ गतेसम्म आलोपालो गरेर विभिन्न शाखाहरू खुला गर्ने जनाएको छ । कुनै ९ देखि ११, कुनै शाखा ११ देखि २ र कुनै शाखा १० देखि १ बजेसम्म खुला रहनेछन् । विराटनगर, बर्दिबास, लाहान, लाजिम्पाट, कलंकी, बनेपा, पेप्सीकोला, ग्वार्को, महेन्द्रपुल, अत्तरिया, कुष्मा, दमौलीलगायतका शाखा खुला रहनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर