दहको हिलोमा फसेर अर्घाखाँचीमा एकजनाको मृत्यु – Nepal Press

दहको हिलोमा फसेर अर्घाखाँचीमा एकजनाको मृत्यु

रुपन्देही । अर्घाखाँचीको शीतगंगा नगरपालिका ठाडामा रहेको डमरु दहमा डुबेर शीतगंगा-३ निवासी ३७ वर्षीय खिमबहादुर नेपालीको मृत्यु भएको छ ।

आइतबार बिहान नेपाली आफैंले दहमा हाम फालेका थिए । प्रहरी र स्थानीयले पानी मुनि हिलोमा फसेको अवस्थामा उद्धार गरेका थिए ।

उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्‍याइएको र थप उपचारका लागि उनलाई जिल्ला अस्पताल अर्घाखाँची पठाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर