दसैँ बिदाअघिको सरकारी खर्च २ खर्ब ३८ अर्ब – Nepal Press

दसैँ बिदाअघिको सरकारी खर्च २ खर्ब ३८ अर्ब

काठमाडौं । सरकारले दसैँ बिदा हुनुअघि (फूलपातीको अघिल्लो दिनसम्म) २ खर्ब ३८ अर्ब ६७ करोड ८८ लाख रूपैयाँ खर्च गरेको छ ।

यो सरकारले छुट्याएको कुल बजेटको १३.२१ प्रतिशत हो । यो खर्च आम्दानीभन्दा बढी हो । यो अवधिमा सरकारको आम्दानी भने १ खर्ब ९२ अर्ब छ । पछिल्लो समय सरकारको आम्दानीको स्रोतमध्येको राजस्व संकलनमा कमी आएको छ । दसैँअघि सम्म लक्ष्यको १२.९ प्रतिशत १ खर्ब ६९ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ ।

यस अवधिमा ७९ करोड ३० लाख रूपैयाँ अनुदान तथा सहायता प्राप्त भएको छ । १८ अर्ब ५४ करोड विकास बजेट खर्च गरेको छ । आँकडा अनुसार नेपालमा त्रैमासिक भुक्तानीका (असोज, पुस, चैत, असार) बेला पूँजीगत खर्चको आकार केही बढ्ने गरेको छ ।

दसैँअघिसम्म चालूतर्फ १ खर्ब ९४ अर्ब रूपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । एक वर्षमा उपभोग भएर जाने वा त्यसबाट भविष्यमा आय सिर्जना नहुने खर्चलाई चालू खर्च भनिन्छ ।

यता कम्पनीहरूको सेयर र ऋण लगानीमा हुने वित्तीय खर्च भने २५ अर्ब रूपैयाँ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर