गठबन्धनमा नेकपा एसको योगदान र उपेन्द्रको पहिचानलाई अवमूल्यन नगर – Nepal Press

गठबन्धनमा नेकपा एसको योगदान र उपेन्द्रको पहिचानलाई अवमूल्यन नगर

कांग्रेसमा शेखर-गगन समूह हाबी भए केपी ओलीलाई सहयोग पुग्छ

अब मंसिर ४ मा नयाँ चुनाव भएर अर्को संसदले सुचारु हुन पाउनेछ । तर, आम जनता, पार्टीहरू र नेताहरूलाई योबीचको राजनीतिले केही गतिला पाठहरू सिकाइदिएको छ । त्यसबाट प्रशिक्षित भएर राम्रा पाठलाई ग्रहण गर्ने अनि नराम्रा पाठलाई त्याग गर्ने सद्बुद्धि सबैमा आउनुपर्छ ।

आम मतदाता र जनताले लिनुपर्ने पाठ के हो भने झण्डै पाँच वर्षअघि झण्डै दुईतिहाइ बहुमत दिएर वामपन्थीहरूलाई जनताले संसदमा पठाएका थिए । त्यसले देशमा राजनीतिक स्थिरता र आधारभूत समृद्धिको जनआशालाई जागृत गरेको थियो ।

केपी ओलीको नेतृत्वमा सरकार अगाडि बढ्दै गर्दा त्यो आशा क्रमशः सुक्दैसुक्दै गयो । तथाकथित राष्ट्रवाद र खोक्रो समृद्धिका कुराबाट मात्र नेतृत्व चिन्न सकिन्न, नेतृत्वलाई त्यसको कर्मबाट चिन्नुपर्छ ।

पार्टीले दबाब नै दिएपछि बाध्यताले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा जारी गर्नेबाहेक ओली सरकार मूलतः सामन्थ गोयल जस्ता विदेशी खुफियाकै दलालीमा रमायो । भूमिसुधार र कृषि एवं राष्ट्रिय औद्योगिक सुधारका, पेशा व्यवसाय सुधारका, सामाजिक न्यायका सबै राष्ट्रिय अपेक्षा खोलामा बगे । सामाजिक जीविका स्तर झन्झन् विकराल बन्यो ।

एमालेजनहरूमा ओलीको प्रतिवाद गर्ने हिम्मत छ भने उनलाई संविधान सिकाउनु अनिवार्य छ । आफ्नै पार्टीको अपार बहुमत भएको संसद तीन वर्षमै समाप्त पारेर चुनावमा जानु प्रतिगमन नै थियो भनेर के घनश्याम भुसालले मात्र सम्झाउन सक्लान्? कहाँ सक्नु, दशमा नौ भाइ त ओलीसँग शरणागत भैसकेका छन् भीम रावलसमेत ।

पार्टी घोषणापत्रले मार्गनिर्देशन गरेका एउटै काम गर्नुछैन, पार्टीले कामै गर्न नदिएर घेराबन्दीमा पारेको भन्दै संसद विघटन गरियो । पार्टीको बहुमत पक्ष असहमत, आम राजनीतिक, बौद्धिक र पेशाकर्मी असहमत, सर्वोच्च अदालत असहमत- तर, ओलीले त्यसबाट पाठ सिकेनन् । एक पटकले नपुगेर दोस्रो पटक पनि संसद विघटन गरे । त्यो खारेजयोग्य जिद्दी पनि अन्ततः खारेज भयो । त्यसबाट संविधानमात्रै जोगिएन, संसद र स्थिरता पनि जोगियो ।

ओलीले आफूले काम गर्न नसक्दाको रिस संसदलाई साँधे । पार्टीभित्रको अल्पमतीय कुण्ठा देशलाई साँधे । यसबाट आम मतदाता र सचेत जनताले सिक्ने पाठ के हो भने भोलिको नेतृत्व चयन ! गलत प्रवृत्तिको पहिचान !!

यसबीचको राजनीतिले एमालेलाई पनि गजब पाठ सिकाएको हुनुपर्छ । संविधान दिवसको सन्दर्भ पारेर एमालेले गरेको ‘वाकाथन’ नेपाली जनताप्रति एउटा मजाक थियो- संसदको यो कार्यकालमा उसले गरेको संविधानविरोधी हर्कतका कारणले ।

लाखौं जनता सडकमा उत्रिएर विरोध जनाउँदा, संसदको अपूर्व बहुमत विरोधमा हुँदा र सर्वोच्च अदालतले दुईदुई पटक संसद विघटन गलत भनेर फैसला सुनाउँदा पनि एमाले अध्यक्ष केपी ओलीले चेतेका छैनन् । उनी अझै गर्जिंदैछन्, ‘संविधानको फलानो धाराअनुसार मैले संसद विघटन गरें । तिमीहरू संविधान पढ्दैनौ ?’

संविधान सबैले पढेर आन्दोलन गरेका हुन् र सर्वोच्च अदालतले पनि संविधान पढेरै फैसला, परमादेश गरेको हो । संविधान पढ्न र बुझ्न बाँकी ओलीले मात्रै हो । उनलाई पार्टीका बौद्धिक संविधानविद् सुवास नेम्वाङले बुझाउन सक्नुपर्ने, तर के गर्नु ? नेम्वाङलाई आफ्नो विज्ञताको भन्दा बढी विश्वास ओलीको लाग्छ रे, पोहोर विराटनगरको सरकारी आमसभामा उनैले भनेको ।

राजनीतिमा विरोधीको उल्टो बुद्धिले कहिलकाहीं नसोचेको परिस्थिति हात लाग्ने रहेछ । संसदको यो कार्यकालमा सरकार नेतृत्व गर्न त के, सरकारमा जाने परिस्थितिसम्म नभएको कांग्रेसले सरकार नेतृत्व गरिरहेको छ । ओलीको पहिलो विघटनलाई प्रतिगमनसम्म नदेख्ने कांग्रेस दोस्रो विघटनपछि संविधान, संसद र स्थायित्व जोगाउने बिन्दुमा आइपुगेको हो ।

एमालेजनहरूमा ओलीको प्रतिवाद गर्ने हिम्मत छ भने उनलाई संविधान सिकाउनु अनिवार्य छ । आफ्नै पार्टीको अपार बहुमत भएको संसद तीन वर्षमै समाप्त पारेर चुनावमा जानु प्रतिगमन नै थियो भनेर के घनश्याम भुसालले मात्र सम्झाउन सक्लान् ? कहाँ सक्नु, दशमा नौ भाइ त ओलीसँग शरणागत भैसकेका छन् भीम रावलसमेत । तर, ओलीको त्यो चुनाव घोषणा देखावटी लाजगाज थियो । सबै राजनीतिक पक्ष असहमत भएको र कोभिड महामारीको त्यो मध्यबिन्दुमा कसरी चुनाव हुन्थ्यो ! त्यो संविधान, संसद र स्थायित्व समाप्त पारेर अकण्टक नेतृत्व भैराख्ने ओली आत्मरति थियो । त्यो परिस्थिति निरन्तर हुन्थ्यो भने देश आज भीषण संघर्ष र संकटकालमा गुज्रिरहेको हुन्थ्यो ।

एमाले प्रवेशको अर्थ

सच्चा एमालेजनहरू पार्टीमा अपार प्रवेश राजनीतिको उत्ताउलो प्रचार सुनेर मख्ख परेका होलान् । तर, यो पनि यथार्थ परिस्थितिलाई गुमराह गर्ने खेलो हो ओलीको । हो, अन्यत्रका र खासगरी तराईका कैयौं मानिस एमालेमा छिरेकै छन् । तर, छिर्नेको कुनै नैचारिक मूल्य छैन । न समाज धरातल नै छ ।

चुनाव अगाडि पार्टी प्रवेशको राजनीति कस्तो हुन्छ भने ‘घटना र विचार’ रेडियो कार्यक्रमको रेकर्ड संख्याअनुसार २०४८ देखि २०५१ सम्म देशका सबै मानिस नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

महेश बस्नेतका अनुसार अस्तिको स्थानीय चुनावमा पनि ४० लाख संख्या एमालेमा प्रवेश गरेका थिए । दाबीअनुसार अहिले एमालेमा प्रवेश गर्ने संख्या अर्को ४० लाख भन्ने थियो । तर, त्यसको पार्टीगत आंकडा भने अन्ततः जम्मा एकलाख प्लस रहेछ एमालेले संस्थागत रूपमै भनेको । त्यसको पनि स्वतन्त्र पुष्टि गर्ने निकाय भने नेपालमा छैनन् । त्यसो त माओवादी केन्द्र र अरुदलहरू पनि सूक्ष्मताका साथ समाज प्रभावी मानिसलाई पार्टी प्रवेश गराएको गरायै छन् ।

तर, चुनाव मुखमा अवसरवादी आयाराम गयारामहरूले पार्टीलाई व्यक्तिगत धुत्ने हुन् । यसलाई सन्तुलन गर्न एमाले नेता-कार्यकर्तामा लोकतान्त्रिक र समाजवादी मूल्य हुनुपर्‍यो । ओली जस्ता प्राधिकारको प्रतिगामी रबैयालाई नियन्त्रण गर्ने हिम्मत हुनुपर्‍यो । के एमालेमा त्यो हिम्मत समाप्त भएको हो ?

माओवादी केन्द्र यस्तो हतारिएर एमालेसँग मिल्यो कि त्यसले ऊसँग सम्बन्धित व्यक्तिहरूको निष्ठा, मूल्य र विचार धरातलमा नै नैराश्यता वा विचलन पैदा गरेको छ । जसप्रति आजीवन संशोधनवादको बिल्ला लगाइयो, उसैलाई नेता बनाइयो । अन्ततः त्यो प्रमाणित नै भयो ।

राजनीतिमा विरोधीको उल्टो बुद्धिले कहिलकाहीं नसोचेको परिस्थिति हात लाग्ने रहेछ । संसदको यो कार्यकालमा सरकार नेतृत्व गर्न त के, सरकारमा जाने परिस्थितिसम्म नभएको कांग्रेसले सरकार नेतृत्व गरिरहेको छ । ओलीको पहिलो विघटनलाई प्रतिगमनसम्म नदेख्ने कांग्रेस दोस्रो विघटनपछि संविधान, संसद र स्थायित्व जोगाउने बिन्दुमा आइपुगेको हो ।

कांग्रेसले बुझ्नुपर्ने कुरा

कांग्रेस नेतृत्व भैसकेपछिको संसदले कैयौं राष्ट्रघाती प्रावधान भएको एमसीसी सम्झौता पारित गर्‍यो । त्यसलाई व्याख्या गर्ने पूरक प्रस्तावसमेत नत्थी भएर नै त्यो पास हुनसकेको हो । त्यस पूरक प्रस्तावमा कांग्रेस सहमत भयो ।

एसपीपी जस्तो अमेरिकाको इन्डोप्यासिफिक सुरक्षा छातामा इतर दल असहमत भएपछि कांग्रेस पछाडि फर्कियो । ओलीले अदालत प्रयोग गरेर- नेकपा फुटाएर तथा विभिन्न धम्की र प्रलोभनबाट एमालेमा बहुमत बनाएर हिंडेपछि माओवादी केन्द्र र ओलीसँग विद्रोह गर्ने(हाल एकीकृत समाजवादी)हरूलाई कांग्रेसलाई अगाडि सारेर नै संविधान तथा संसदको रक्षा गर्नुपर्ने दायित्व र बाध्यता आइलाग्यो ।

त्यो पाँचदलीय गठबन्धन बन्यो । त्यसले शेरबहादुर देउवा नेतृत्वमा संयुक्त सरकारमात्र चलाएन चुनावी सहकार्य समेत गर्‍यो । स्थानीय चुनाव सफलतापूर्वक सम्पन्न भैसकेको छ र संघ तथा प्रदेश चुनावको लागि पनि गठबन्धन भएरै जाने निश्चित छ । हो, नेतृत्व हुनुका नाताले गठबन्धनमा कांग्रेसले ठूलो भाग त पाउँछ नै । तर, गठबन्धनका अरु दलका कारणले मात्रै म ठूलो हुनसक्ने हुँ भन्ने आत्मसात कांग्रेसले गर्नुपर्छ ।

कांग्रेसले सहकार्यको संस्कृति बोक्यो । अब पनि कांग्रेस त यसै पनि ठूलो दल हुने नै हो, गठबन्धनका सबै दललाई सम्मानजनक हैसियत दिएर स्थायित्वको नेतृत्व गर्नु कांग्रेसको मूल जिम्मेवारी हो । जनता समाजवादी वा एकीकृत समाजवादी असन्तुष्ट भएका हुन् भने त्यसलाई कांग्रेस नेतृत्वले तुरुन्त सम्बोधन गर्नुपर्छ ।

गठबन्धनभित्रका कांग्रेस र माओवादी केन्द्र आकारमा ठूला पार्टी अवश्य हुन् । तर, माधवकुमार नेपाल र झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) निर्माण गर्ने आँट नगरेको भए आजको गठबन्धनलाई केपी ओलीले अघिल्लो वर्ष नै समाप्त गरिसक्थे । एमालेबाट उनीहरुले विद्रोहको आँट नगरेको भए ओलीले देश कब्जा गरिसक्थे ।

ओली प्रतिगमनबाट पाठ सिकेर ओली प्रवृत्ति नदोहोर्‍याउने व्यवहार कुशलता कांग्रेसले देखायो भने सहमतिअनुसार सरकार नेतृत्व जसले गरे पनि कांग्रेस स्थायित्वको नेता सधैं भैराख्नेछ । समाजवादउन्मुख संविधानलाई सामाजिक न्याय आधारित लक्ष्यमा पुर्‍याउने त्यो दरिलो खुड्किलो हुनेछ । यही अग्रगामी गठबन्धन संस्कृति वर्षौं जानेछ ।

माओवादीले के सिक्ने ?

राजनीतिको यस पाँच वर्षीय अनुभव परिवेशमा माओवादी केन्द्रले चाहिं के सिक्नुपर्छ भने चुनाव जित्न मोटो प्रतिबद्धतामा त जो कसैसँग तालमेल हुन्छ । तर, पार्टी एक हुन विचार मिल्नुपर्छ ।

माओवादी केन्द्र यस्तो हतारिएर एमालेसँग मिल्यो कि त्यसले ऊसँग सम्बन्धित व्यक्तिहरूको निष्ठा, मूल्य र विचार धरातलमा नै नैराश्यता वा विचलन पैदा गरेको छ । जसप्रति आजीवन संशोधनवादको बिल्ला लगाइयो, उसैलाई नेता बनाइयो । अन्ततः त्यो प्रमाणित नै भयो । ओलीको प्रतिगामी कुण्ठाका विरुद्ध स्वाभाविक प्रतिध्रुवीय भएर त आज लड्न परिरहेकै छ, कैयौं आफ्ना निष्ठावानमा समेत हिजो प्रचण्डले ओलीसँग एकता गर्न हुने, हामी एमालेमा जान किन नहुने ? भन्ने भ्रम परिरहेकै छ । जीवनभरि माओवादी जनयुद्धलाई अपराध भनेर नथाक्ने ओलीलाई माओवादी स्कुलिङले हुर्काएका प्रतिभाहरूले समेत आज नेता मानेका छन् ।

एमाले-माओवादी केन्द्रको एकताले एमालेको सैद्धान्तिक जगलाई नै पुनः परिभाषित गरेको थियो र जनयुद्धको योगदानको स्वीकार्यतासहित त्यसलाई जनताको जनवाद भनेर संश्लेषित गरेको थियो । एकता तोडिएपछि एमाले फेरि आजको परिवर्तित राजनीतिक गतिभन्दा पनि पछि परिसकेको उही सारसंग्रही र उत्तर-दक्षिण जता फर्काए पनि मिल्ने जबजमा सीमित भैसकेको छ । यो कुरा अझै कैयौं माओवादी केन्द्रका नेता-कार्यकर्ताले किन बुझिरहेका छैनन्? गम्भीर चिन्तन र व्यवहार-राजनीतिको आत्मसमीक्षा जरुरी छ ।

तर, आलोचनात्मक खालका एमालेका अगाडि माओवादी नेतृत्व बलशाली स्थापित भएको पनि छ । नेकपाभित्र अध्यक्ष प्रचण्डको नेतृत्व क्षमताबाट हतप्रभ र सशंकित भएर नै ओलीले आजको जटिलता निम्त्याएको प्रस्टै छ । आज ओली नेतृत्वको एमालेभित्र जुन आन्तरिक दरार छ, त्यो त्यहाँभित्रको ‘शोषक’ र ‘शासित’बीचको आन्तरिक असन्तुष्टिका रुपमा छ ।

स्थानीय चुनावमा त त्यो प्रकट भयो नै, जति राजावादी र अवसरवादीलाई जोडेपनि संघ र प्रदेशको चुनावमा एमाले आन्तरिक अन्तरविरोधले बिष्फोटको रुप लिनेवाला छ । आन्दोलन पक्षधरताको, समाजवाद पक्षधरताको हुटहुटीले नै ओली प्रतिगमनविरुद्ध एमालेमा विभाजन भएको हो । विभाजित पक्षसँग माओवादी केन्द्रको एकता सन्निकट छ । तर, विचार-सिद्धान्तमा मोलाहिजा गरेर एकतामा हतारिनु जरुरी छैन । अहिलेलाई बलियो कार्यगत, मोर्चागत सहकार्य गरेर मिहिन सैद्धान्तिक एकता हुनुपर्दछ ।

शेखर-गगन कुन मूल्यको लागि पार्टीमा ‘विद्रोह’ भन्दैछन् ? जसको आन्तरिक ‘भाग चाहना’ बाहेक अर्को ध्येय नै सार्वजनिक जनित छैन । त्यो हावी भयो भने त्यसले अन्ततः प्रतिगमनकै सेवा गर्नेछ, प्रत्यक्ष-परोक्ष ।

माधव-झलनाथको सम्मान, शेखर-गगनको विचलन

गठबन्धनभित्रका कांग्रेस र माओवादी केन्द्र आकारमा ठूला पार्टी अवश्य हुन् । तर, माधवकुमार नेपाल र झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) निर्माण गर्ने आँट नगरेको भए आजको गठबन्धनलाई केपी ओलीले अघिल्लो वर्ष नै समाप्त गरिसक्थे । एमालेबाट उनीहरुले विद्रोहको आँट नगरेको भए ओलीले देश कब्जा गरिसक्थे ।

एकीकृत समाजवादीको विद्रोह कम्युनिष्ट आन्दोलनको विभाजन होइन, बरु आधारपूर्ण पुनर्संयोजन हो । अहिलेका लागि यसको ध्येय संविधानको रक्षा र स्थायित्व नै हो । भोलि आउने समाजवादी बाटाका तगारोहरूलाई आजकै ध्येयबाट चिर्न सक्नुपर्छ यसले । नेता-कार्यकर्ताको विचलन र पलायन रोक्न सक्नुपर्छ ।

माधव नेपालको संगठन कुशलता र झलनाथको वैचारिकी कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको पूँजी हो । केही संकीर्णता छन् भने त्यसलाई आजै खोलामा बगाउनुपर्छ, उनीहरूले । र, गठबन्धनमा आफ्नो दाबी र उपस्थितिलाई बलियो तर सापेक्षित प्रस्तुत गर्नुपर्छ । यसबीच झलनाथ खनालले एउटा सान्दर्भिक पुस्तक लेख्नुभएको छ । त्यो पुस्तकको शीर्षक छ ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद ।’

नेपालको अर्थ-राजनीतिक रुपान्तरणको बहसयोग्य यो पुस्तकको बुझिने समकालीन राजनीतिक-व्यवहारिक सार चाहिँ के हो भने- राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्र मिल्नुको कुनै राजनीतिक मूल्य छैन । ओलीले १० दलीय गठबन्धन बनाउनुको चाहिँ प्रतिगामी उद्देश्य-मूल्य छ । तर, त्यो उनको प्रतिशोध हो ।

शेखर-गगन कुन मूल्यको लागि पार्टीमा ‘विद्रोह’ भन्दैछन् ? जसको आन्तरिक ‘भाग चाहना’बाहेक अर्को ध्येय नै सार्वजनिक जनित छैन । त्यो हावी भयो भने त्यसले अन्ततः प्रतिगमनकै सेवा गर्नेछ, प्रत्यक्ष-परोक्ष ।

जसरी २०४६ सालको जनआन्दोलन प्रतिगामीविरुद्ध थियो, जनयुद्ध र २०६२/०६३ को जनक्रान्ति पनि प्रतिगामीविरुद्ध नै थियो । मूल्यको फरक यत्ति हो, एउटाले राजा राख्यो, अर्कोले राजा फाल्यो । र, जनतालाई केही संघीय अधिकारसहितको सामाजिक न्याय दियो ।

आयाराम-गयाराम जताजता गए पनि मधेसको मुद्दागत र शक्तिगत नेतृत्व आज पनि उपेन्द्र यादव हुन् । उनी पाँचदलीय गठबन्धनका मधेस खम्बा हुन् । उनलाई भड्किन दिनु भनेको स्थायित्वलाई कमजोर गर्नु हो । यत्ति हो, उनले पहिचान र वर्गलाई सँगसँगै जोड्नुपर्छ ।

दुइटा संविधानसभा चुनावपछि संविधान आएर राजनीतिक स्थिरता हुन्छ भन्ठान्दा पनि आजको राजनीति प्रतिगामीविरुद्ध नै एकगठ हुनु एक अनिवार्य र आवश्यक मूल्य-संयोग बन्यो । पाँचदलीय गठबन्धन अग्रगामी सहकार्य हो, जसको विकल्प रुप ओली-लिङ्देन जस्तो प्रतिगामी सहकार्य होइन ।

त्यसैले यो राजनीतिक मूल्य-बहसको र आगामी समाजवादी यात्रा-रुपरेखाको सान्दर्भिक पुस्तक हो, कमरेड झलनाथ खनालको ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद ।’ यसमा मूल्यवान बहस गरौं र सबै वाम-लोकतान्त्रिकहरू मिलेर अगाडि बढौं । नमिल्दाका निर्णायक वर्गसंघर्षहरूलाई स्वाभाविक वैज्ञानिक समाजवादी यात्रा मानौं ।

उपेन्द्रलाई उपेक्षा नगरौं

ओली प्रतिगमनले जनता समाजवादी पार्टीसमेत विभाजित हुनुपर्‍यो । पहिचानको राजनीतिलाई यसले कति खण्डित गर्‍यो, त्यो उपेन्द्र यादवले मात्र सही महसुस गर्न सक्छन् । पीँध नभएका आयाराम-गयाराम जताजता गए पनि मधेसको मुद्दागत र शक्तिगत नेतृत्व आज पनि उपेन्द्र यादव हुन् । उनी पाँचदलीय गठबन्धनका मधेस खम्बा हुन् । उनलाई भड्किन दिनु भनेको स्थायित्वलाई कमजोर गर्नु हो । यत्ति हो, उनले पहिचान र वर्गलाई सँगसँगै जोड्नुपर्छ । र, गठबन्धनमा पनि, जनतामा पनि आफ्नो बलियो दाबेदारीको राजनीतिक र नैतिक आधार बचाइराख्नुपर्छ ।

मोहनविक्रम सिंह-चित्रबहादुर केसी (राजमो) त गठबन्धनभित्रकै भैहाले । वामदेव गौतम जस्ता प्रभावशाली नेतासमेत ओली प्रतिगमनका कारण आज गठबन्धनमा छन् । कम्युनिष्ट पार्टीसमेत छाडेका बाबुराम भट्टराई हँसियाहथौडा भन्दै आएका छन् ।

एउटा साझा अवधारणा बनाएर न्यूनत्तम मूल्यसहितको समाजवादमा अगाडि बढ्ने आधार निर्माण हुँदैछ । मूलतः वाम-लोकतान्त्रिक गठबन्धनको सफलता भनेको ओली नेतृत्वमा फलेको, फुलेजस्तो तर भस्मभूत हुँदै गरेको सारा राजावादी-प्रतिगामी कुण्ठाको असफलता हो ।

(लेखक नेकपा माओवादी केन्द्रमा आबद्ध छन् ।)

प्रतिक्रिया

4 thoughts on “गठबन्धनमा नेकपा एसको योगदान र उपेन्द्रको पहिचानलाई अवमूल्यन नगर

  1. हुन त नेपालप्रेसले यस्तो पूर्वाग्रही लेखलाई स्धान नदिएको भए वेश! ठीकै छ एमाले विरोधीका लेखलाई पनि स्थान दिएर पाठक बढाउन खोजेकै भएपनि यो लेख प्रकाशनयोग्य नै छ त? संपादक चुकेजस्तो लाग्यो मलाई।
    तथापी केपी वलीले पुष ५ मा संसद बिघटन नगेका थिए भने न आज उनी रहन्थे न एमाले नै।
    तथाकथित उपलव्धी जोगाउने नाममा कांग्रेसी जस्ता पूंजीवादीको शरणमा संपूर्ण कमनिष्ट आदर्श (?) समर्पण गर्नुलाई महानता ठान्ने ओलीफोविकहरू देख्ता दया लाग्छ।

  2. ओलिलाई प्रतिगमन भन्नेहरूको सोचमा कसैले विर्को भरिदिएको छ । त्यो पनि कसैले खर्च गरिकन भरिदिएको छ ।

  3. धोवीलाई कपड़ा सुकाउन पर्यो भन्दैमा रातमा घाम लाग्दैन् त्यस्तै दक्षिणपन्थीका मतियार बनेका तिमिीहरूले भन्दै वा सराप्दैमा एमालेको जनधरातल कमजोर हुँदैन्। दक्षिणपश्चिमको गोटी बनेर अनि अदालतमा सेटिङ गरेर शेरबहादुर देउवालाई शिरमा बोकेर क्रान्तिका सपना देख्ने गोर्वाचोभहरू निभ्ने बेलाको दियो हुन्। सत्ता शक्तिको बलमा अस्तित्वमा छन्।
    भनिन्छ नि ‘झिंगाको श्रापले डिंगा मर्दैन त्यस्तै तिमीहरूका श्रापले एमाले कमजोर हुँदैन्। आँट छभने कांग्रेसीको बैशाखी बन्न छोडेर प्रतिस्पर्धा गर्न आउ। कांग्रेसले दिएको भिक्षा बोकेर फुर्ति नछोड। क्रन्तिकारी त्यो हो जसले आफ्नो वैचारिक र सांगठनिक जगमा राजनीति गर्छ।

  4. एस पार्टी र माओवादीले काङ्ग्रेस सित एकता गर्दा त्यो देशको लागि राम्रो होला। किन गठबन्धन भन्नू पर्‍यो? अलग पार्टी भएर चुनाव पछि मोलमोलाइ कति होला? जगजाहेर छ। यसरी बिचमा च्याखे थापेर स्वार्थ पूरा गर्ने खेल समाप्त गर्न माके र एस लाई काङ्ग्रेसमा ल्याउनु आवश्यक छ, अलिक भाग पाएपछी नमान्ने कुरै छैन। यहि हिसाबले हो भने काङ्ग्रेस कमजोर हुने निश्चित प्राय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *