भृकुटीमण्डपमा कस्तो छ दसैँ व्यापार ? (भिडिओ) – Nepal Press

भृकुटीमण्डपमा कस्तो छ दसैँ व्यापार ? (भिडिओ)

काठमाडौं । सस्तो बजारका रूपमा परिचित छ-काठमाडौंको भृकुटीमण्डप बजार । एकै छानामुनि कपडा, कस्मेटिकदेखि इलेक्ट्रोनिक्स सामानसम्म पाइन्छ यहाँ । ४० रोपनीभन्दा बढी जग्गामा फैलिएको यो बजार व्यवस्थित भने पाइँदैन । बाँसको भाटा र प्लाष्टिकको भरमा सञ्चालित यो बजारमा ग्राहकको भीड उत्तिकै हुन्छ । झन् दसैँ, तिहारलगायतका चाडमा यहाँ सामान किन्न आउनेको चापले ठेलमठेल हुन्छ ।

नेपाल प्रेसका प्रतिनिधि त्यहाँ पुग्दा व्यापारीहरूले विगतको भन्दा बिक्रीबट्टा घटेको त कसैले उस्तै भएको मिश्रित प्रतिक्रिया दिए । अन्तभन्दा सस्तो पाइने भएकाले ग्राहक यहाँ आउने उनीहरूको भनाइ थियो । तर, आफूहरूले खरिद गर्दै सामानको भाउ महँगिएकाले गएको दसैँभन्दा यसपालि सस्तो भने नभएको केही व्यापारीले बताए ।

एउटै छानामुनि एक हजारभन्दा बढी पसल रहेको यो बजार खुला छ । ग्राहकको भीड बढ्दा प्लाष्टिकको छानो तातेर उकुसमुकुस हुन्छ । बर्खायाममा हिलाम्मे हुन्छ यहाँ । शौचालय र खानेपानीको पनि राम्रो सुविधा छैन । ग्राहकको भीडका कारण कोरोना र डेंगु संक्रमणको जोखिम पनि उत्तिकै छ ।

यो बजार समाजकल्याण परिषद्को स्वामित्वमा छ ।

हेरौं भृकुटीमण्डप बजारको चहलपहलका केही तस्बिर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर