द्वारिकलाललाई भित्र्याउँदै प्रचण्डले भने- एमालेको त्यत्रो मान्छे आउनु विशेष राष्ट्रिय अर्थ छ (भिडिओ) – Nepal Press

द्वारिकलाललाई भित्र्याउँदै प्रचण्डले भने- एमालेको त्यत्रो मान्छे आउनु विशेष राष्ट्रिय अर्थ छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले माओवादीमा आउने सही फैसला लिएको बताएका छन् ।

आज खुमलटारस्थित निवासमा चौधरीलगायतलाई पार्टीमा भित्र्याउँदै उनले चौधरीको पार्टी प्रवेशले विशेष अर्थ राख्ने दाबी गरे ।

‘पार्टी प्रवेश त धेरै हुने गरेका छन् । तर, आजको यो पार्टी प्रवेशको विशेष वैचारिक सांगठानिक अर्थ र महत्व छ । द्वारिक चौधरी इटहरीको बहुचर्चित मेयरको रूपमा राष्ट्रियरूपमा स्थापित हुनुन्छ । क्रान्तिकारी ढंगले उहाँले गर्नुभएको कामले जनतामा आकर्षण बढ्दै गएको छ’, प्रचण्डको भनाइ थियो ।

क्रान्तिकारी पार्टीको खोजी गर्दै एमालेको विभिन्न जिम्मेवारीमा रहेको मान्छे माओवादीमा आउनुले विशेष राष्ट्रिय अर्थ राख्ने पनि उनले बताए ।

प्रचण्डले भने, ‘एमालेको त्यत्रो जिम्मेवारी सम्हालेको व्यक्ति माओवादीमा प्रवेश गर्नु विशेष राष्ट्रिय अर्थ छ । चुनावको विशेष मौका प्रतिगमनले पटकपटक टाउको उठाउन गरिराखेको जमर्कोलाई चोटिलो प्रहार गर्दै परिवर्तन र क्रान्तिको पक्षमा सही फैसला लिनुभएको छ । तपाईँको भूमिका दह्रो र राम्रो बनाउनेमा पूरै पार्टीको सहयोग हुन्छ ।’

नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि चौधरी माओवादी प्रवेश गरेको बताइएको छ । चौधरी मेयरमा दोहोरिन खोजे पनि उनको ५ वर्षे कार्यकाल विवादस्पद भएकाले एमालेले टिकट दिएन । चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवारको आकांक्षी छन् ।


प्रतिक्रिया

One thought on “द्वारिकलाललाई भित्र्याउँदै प्रचण्डले भने- एमालेको त्यत्रो मान्छे आउनु विशेष राष्ट्रिय अर्थ छ (भिडिओ)

  1. प्रचण्डले महान भनेका चौधरीलाई एमालेले मेयरमा टिकट दिएन र प्रदेशमा पनि दिदैंन किनकी त्यस्तो व्यवहार एमालेका नेताबाट अपेक्षित हुँदैन । एमालेले नपत्याएपछि पदको लोभमा प्रवेश गरेको कुरालाई प्रचण्डले विशेष महत्व राख्छ भनेबाट के सिद्व हुन्छ भने प्रचण्डले विशेष, महत्वपूर्ण, महान भनेका विषय तोरीलाउरे विषय हुँदा रहेछन् ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर