दशैंको शुभकामना दिँदै प्रचण्डले भने- चुनावमा प्रतिगमनविरोधि शक्तिलाई जिताउनुस् – Nepal Press

दशैंको शुभकामना दिँदै प्रचण्डले भने- चुनावमा प्रतिगमनविरोधि शक्तिलाई जिताउनुस्

काठमाडौं । नेकपामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा प्रतिगमनविरोधि शक्तिलाई जिताउन अपिल गरेका छन् ।

दशैंको शुभकामना दिँदै अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुनगइरहेको निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउन अपील गरेका हुन् ।

उनले जारी गरेको शुभकामना सन्देशमा भनेका छन्,‘सांस्कृतिक पर्वहरुको श्रृङ्खला भित्र अब हामी प्रादेशीक र संघीय निर्वाचनको संघारमा पनि छौं । आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु । ’

देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व भएको बताएका छन् । हाम्रा यिनै सांस्कृतिक पर्वहरुले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको बताए ।

 


प्रतिक्रिया

One thought on “दशैंको शुभकामना दिँदै प्रचण्डले भने- चुनावमा प्रतिगमनविरोधि शक्तिलाई जिताउनुस्

  1. भनेपछि चरम प्रतिगमनकारी, विदेशीको आदेशपालक माओवादीलाई हराउनु भनेको ? ठिक छ त्यो तिमीले नभने पनि हामी गर्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर