जसपा प्रदेश कमिटी सदस्य घिमिरेसहित तीन जना एमाले प्रवेश, उपाध्यक्ष पाैडेलले गरे स्वागत – Nepal Press

जसपा प्रदेश कमिटी सदस्य घिमिरेसहित तीन जना एमाले प्रवेश, उपाध्यक्ष पाैडेलले गरे स्वागत

रुपन्देही । जनता समाजवादी पार्टी जसपा लुम्बिनी प्रदेश कमिटी सदस्य तेजकुमार घिमिरे एमाले प्रवेश गरेका छन् ।

शनिवार जसपा प्रदेश कमिटी सदस्य घिमिरेसहित भारत प्रवास संगठन दिल्लीका वरिष्ठ उपाध्यक्ष थानेश्वर भण्डारी र राष्ट्रिय जनमुक्ति पार्टीका नेतृ हरिमाया थापा एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष, पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीमा स्वागत गरेका थिए ।

सो अवसरमा नेता पौडेलले नेकपा एमालेबाट मुलुकको समृद्धि सम्भव भएको देख्नेहरू अझै गोलबन्द हुन जरुरी रहेको बताएका थिए ।

उनले एमालेविरुद्धको षडयन्त्रलाई चिर्न पार्टीमा आबद्धलाई निर्देशन दिँदै जस्तोसुकै गठबन्धनले एमालेको बलियो शक्तिलाई पराजित गर्न नसक्ने दाबी गरेका थिए ।

नेता पौडेलले प्रतिपक्षविरुद्ध मोर्चाबन्दीमा रहेका ७ दल एमाले बलियो भएर आफ्नो वर्चश्व जोगाउन अपवित्र गठबन्धन गरेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर