ओलीको मधेस मिसन- ६ वर्षपछि सप्तरी फर्किदा एमालेको शक्ति प्रदर्शन (तस्बिरहरू) – Nepal Press

ओलीको मधेस मिसन- ६ वर्षपछि सप्तरी फर्किदा एमालेको शक्ति प्रदर्शन (तस्बिरहरू)

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मधेस मिसन उत्कर्षमा पुग्न थालेको छ । एक साताभित्रै तीन पटक मधेस झरेका ओली शनिवार सप्तरी पुग्दा हजारौँ सहभागी भए ।

ओलीले पछिल्लो समय मधेस प्रदेशमा आफ्नो अभियान तीव्र बनाएका छन् भने मधेसवादी दलका साथै कांग्रेस र माओवादीका प्रभावशाली नेता तथा सांसदहरू एमाले प्रवेश गराइसको छन् ।

शनिवार सप्तरी जिल्लाका विभिन्न पार्टीका प्रभावशाली नेताहरूलाई एमाले प्रवेश गराउन पुगेका ओलीले कन्चनरुप नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गरेका थिए ।

युवा संघले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिमाना मिचिँदा बोल्न नसक्ने सरकारले जनताको सुरक्षा नगर्ने भन्दै एमालेलाई जिताउन आग्रह गरे ।

केही समयअघिमात्र सीमारक्षक भनेर चिनिने तिलाठी कोइलाडीका देवनारायण यादव पनि एमाले प्रवेश गरेका छन् ।

ओलीले मधेसलाई ठग्नेहरू जनताले चिन्नु पर्ने भन्दै एमालेविरुद्धका भ्रमहरू अब सकिएको दाबी गरे ।

सप्तरीको मलेठमा ६ वर्षअघि एमालेको मेची महाकाली अभियानका क्रममा मधेसी मोर्चाले आक्रमण गरेपछि प्रहरीको गोली लागेर ६ जनाको मृत्यु भएको थियो । सो घटनापछि ओली पहिलो पटक सप्तरी पुगेका हुन् ।


प्रतिक्रिया

One thought on “ओलीको मधेस मिसन- ६ वर्षपछि सप्तरी फर्किदा एमालेको शक्ति प्रदर्शन (तस्बिरहरू)

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर