एमालेले संविधान उल्टाउने कोशिस गरेको माओवादी उपाध्यक्ष महराको आरोप – Nepal Press

एमालेले संविधान उल्टाउने कोशिस गरेको माओवादी उपाध्यक्ष महराको आरोप

रुपन्देही । नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले नेकपा एमालेले अहिले पनि संविधान उल्ट्याउने कोशिस जारी गरेको आरोप लगाएका छन् ।

शनिवार रुपन्देहीको लुम्बिनीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता महराले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नेहरूले नै संविधान कार्यान्वयन गर्न नचाहेको र अहिले पनि उसै गरी गलत अभ्यास थालेको बताएका हुन् ।

‘संविधान कार्यान्वयन गर्न नचाहने तत्त्वले राष्ट्रपतिलाई प्रयोग गरेर नागरिकता विधेयक प्रमाणीकरणमा अवरोध गरेका छन्, यो राष्ट्रको हित विपरीत छ ।,संविधानको रक्षाको लागि परिवर्तनकारी शक्ति एकजुट हुनुपर्ने यसले पनि देखाएको छ’, महराले भने ।

अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षा र प्रतिगमनलाई परास्त गर्ने एकीकृत शक्ति भएको र गठबन्धन परिवर्तनकारी शक्तिहरूको मोर्चा भएको उनले बताए । कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल बलदेव, केन्द्रीय सदस्य हकिकुल्ला खाँ लगायतले बोल्दै आगामी चुनावमा गठबन्धनको सहज जित हुने दाबी गरे ।

कार्यक्रममा जनमत पार्टी, जसपा, कांग्रेसलगायतका पार्टीबाट करिब तीन हजार नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेको माओवादी केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नं ५ निर्वाचन संयोजक विनोद पहाडीले दाबी गरे ।


प्रतिक्रिया

One thought on “एमालेले संविधान उल्टाउने कोशिस गरेको माओवादी उपाध्यक्ष महराको आरोप

  1. माओवादी ज‍ो १७हजार जनता मारेर सत्तामा आउनेले छिनछिनमा एजेन्डा परिवर्तन गरेको भुलेउ र एमाले जस्तो जनताको सेवामा समर्पित पार्टीलाई दोष लगाउन अलिकति पनि लाज लाग्दैन ।

Leave a Reply to bharat kumar Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर