तस्बिरमा हेर्नुस् बालेनविरुद्ध ‘कोर सिटी’को बगावत, विजय उन्माद नदेखाउन चेतावनी – Nepal Press

तस्बिरमा हेर्नुस् बालेनविरुद्ध ‘कोर सिटी’को बगावत, विजय उन्माद नदेखाउन चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेवा: सभ्यता र संस्कृतिमाथि नै डोजर चलाएर आतंकित बनाएको भन्दै ‘कोर सिटी’का नेवार समुदायले बगावत शुरु गरेका छन् ।

टुकुचाको डेढ सय वर्ष पुरानो सुरुङ भत्काएपछि असन र बाङ्गेमुढामा आक्रमण गरिएको भन्दै स्थानीयले शनिवार साँझ बाङ्गेमुढा चोकमा खबरदारी सभा गर्दै महानगरपालिकाको गुण्डागर्दी बन्द गर्न माग गरेका छन् ।

विरोध सभालाई सम्बोधन गर्दै नेवा दे दबुका अध्यक्ष पवित्र बज्राचार्य, रमेश श्रेष्ठलगायतले मेयर बालेनमा विजय उन्माद बढेको भन्दै नेवा: समुदायले सबै खाले अन्यायविरुद्ध लड्नु परेमा कहिल्यै पराजित नभएको बताए । उनीहरूले नेवा: समुदायमाथिको दमनको प्रतिरोध हुने बताए ।

बाङ्गेमुढाको त्वाःछेँ भवन (सामुदायिक भवन) महानगरपालिकाले शुक्रवार डोजर लगाएर भत्काएपछि यहाँका स्थानीय विरोधमा उत्रिएका हुन् । उनीहरूको आन्दोलनमा सुमन सायमी लगायतले पनि समर्थन जनाएका छन् ।

वडा भवन बनाउने भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदारहँदै महानगरपालिकाले जबरजस्ती भत्काइदिएको विरोधमा बाङ्गेमुढाका स्थानीय बासिन्दाबाट खबरदारी सभा आयोजना गरिएको भाषा अभियन्ता विराजकाजी राजोपाध्यायले बताए ।

उनका अनुसार ४५ वर्षअघि स्थानीयले बनाएको सामुदायिक भवन नभत्काउन आग्रह गर्ने ८२ वर्षका वृद्धलाई समेत प्रहरी लगाएर लछारपछार गरिएको थियो । त्यस बेला २५ नम्बर वडाका वडाध्यक्ष राजेश डंगोल पनि थिए ।


प्रतिक्रिया

2 thoughts on “तस्बिरमा हेर्नुस् बालेनविरुद्ध ‘कोर सिटी’को बगावत, विजय उन्माद नदेखाउन चेतावनी

  1. वगावत होईन । यी विरोध गर्नेहरूले पनि कहि कतै मिचेर बनाएका छन् जस्तो छ । यिनका पनि खोजि खोजी ढाल्नुपर्छ यदि मिचेर बनाएको भए ।

  2. बालेन, नेवा समुदाय को भुलेन हो, कानुन भन्दा नि माथि, कानुन ले दिईएका हक अधिकार लाई समेत लत्याएर हिडेका छन! जो कि तराई बाट काठमाण्डू आई वसेका हुन। काठमाण्डूलाई तहस नहस पार्न खोज्दैछ सुरुमा फुटपाथ हटाउने जस्तो नौटकीं गरेर। यशर्थ सबै मिलेर पर्तिवाद गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर