बालेनविरुद्ध नेवा: समुदायको आन्दोलनमा सुमन सायमीको ऐक्यबद्धता (भिडिओ) – Nepal Press

बालेनविरुद्ध नेवा: समुदायको आन्दोलनमा सुमन सायमीको ऐक्यबद्धता (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कोर सिटीका नेवा: सभ्यता झल्किने संरचनाहरूमाथि डोजर चलाएको भन्दै नेवा: समुदाय आन्दोलनमा उत्रिएपछि सुमन सायमीले पनि समर्थन गरेका छन् ।

काठमाडौंको मेयरमा आँखीझ्याल चिन्ह लिएर स्वतन्त्र उम्मेदवार उठेका सायमी १३ हजार मतसहित तेस्रो भएपछि चर्चामा आएका थिए । उनी स्वतन्त्रको लौरो अभियान लिएर काठमाडौं ८ मा उम्मेदवार बन्दैछन् ।

शनिवार साँझ काठमाडौं महानगरको २५ वडास्थित बाङ्गेमुढामा नेवा समुदायले आयोजना गरेको विरोध सभामा उपस्थित भएर भाषण गरेका सायमीले महानगरपालिकाले सभ्यमाथि हमला गरे सैह्य नहुने चेतावनी दिए ।

नेपाल भाषामा सम्बोधन गरेका सायमीले आफूहरू काठमाडौंका जनताको आन्दोलनमा सधैँ साथमै रहने बताए । उनले बालेनको नाम त लिएनन् तर महानगरको कामकारबाहीप्रति असन्तुष्टि जनाए । सायमीले काठमाडौंको कोर सिटीमा डोजर प्रवेश गरेको भन्दा बालेनलाई यहिँ रोक्न नसकिए भित्री शहरका नेवारहरुको उठिबास हुने बताए ।

विरोध सभालाई नेवा दे दबूँ, मंका खल लगायतका संस्थाका नेताहरूले समेत सम्बोधन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर