विवादास्पद र घातक भन्दै विवेकशीलले खारेज गर्‍यो रवीन्द्र मिश्रको दस्ताबेज – Nepal Press

विवादास्पद र घातक भन्दै विवेकशीलले खारेज गर्‍यो रवीन्द्र मिश्रको दस्ताबेज

काठमाडौं । विवेकशील साझा पार्टीले रवीन्द्र मिश्रको ‘विचार भन्दा माथि देश’ खारेज गरेको छ ।

शुक्रवार बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्ताबेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति शुरु भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिसन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै खारेज गर्ने निर्णय गरेको हो ।

बैठकले सो दस्ताबेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी सबै प्रकारको समस्याको समाधान गर्न अग्रसर हुने निर्णय पनि गरेको प्रवक्ता प्रकाशचन्द्र परियारले बताए ।

विवेकशील साझा पार्टीको हालको केन्द्रीय समितिमा रहेका केही नेताहरू पार्टी हित विपरीतको गतिविधिमा प्रत्यक्ष संलग्न रहेको पाइएको भन्दै बैठकले पार्टी नीति तथा हित विपरीत गतिविधिमा संलग्न भएका नेताहरूलाई तत्कालै स्पष्टीकरण सोध्ने र आवश्यक कदम चाल्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर