अमिक शेरचनलाई कर्णाली प्रदेश प्रमुखको पनि जिम्मेवारी – Nepal Press

अमिक शेरचनलाई कर्णाली प्रदेश प्रमुखको पनि जिम्मेवारी

रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कर्णाली प्रदेश प्रमुखको कार्यभारसमेत सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई जिम्मेवारी दिएकी हुन् ।

कर्णाली प्रदेश प्रमुख तिलक परियार क्यानडाको ओटावामा असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा सहभागी हुन जाने भएकाले राष्ट्रपति भण्डारीले शेरचनलाई प्रदेश प्रमुखको जिम्मेवारी दिएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर